८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

खानेपानी संस्थानद्धारा वीरगञ्जमा ओभरहेड ट्याङ्की निर्माणका लागि प्रक्रिया सुरु

खानेपानी संस्थानद्धारा वीरगञ्जमा ओभरहेड ट्याङ्की निर्माणका लागि प्रक्रिया सुरु
अ अ+ अ-

काठमाडौँ : संघीय खानेपानी मन्त्रालय अन्तरगत रहेको नेपाल खानेपानी संस्थानले पर्सा जिल्लाको वीरगञ्जमा ४५० क्युमेक क्षमताको ओभरहेड ट्याङ्की निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ ।

नेपाल खानेपानी संस्थान (एनडब्लूएससी), शाखा कार्यालय वीरगञ्जले वीरगञ्ज महानगरालिका–१६, नगवामा ४५० क्युमेक क्षमताको ओभरहेड ट्याङ्की निर्माणका लागि आज बोलपत्र आह्वान सहितको प्रक्रिया सुरु गरेको खानेपानी मन्त्री प्रदीप यादवको स्वकीय सचिवालयले जनाएको छ ।

संस्थानले रु तीन करोड ४६ लाखको ओभरहेड ट्याङ्की निर्माणका लागि बोलपत्र आह्वान सहितको प्रक्रिया आज सुरु गरिएको नेपाल खानेपानी संस्थान कलैया शाखाका प्रमुख संजिवकुमार यादवले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा ट्याङ्की निर्माण भए त्यहाँका नागरिकलाई शुद्ध अनि स्वच्छ पानी वितरणका निकै सहज हुने नेपाल खानेपानी संस्थानका निमित्त महाप्रवन्धक त्रिदीपकुमार श्रेष्ठले बताउनुभयो ।

उक्त क्षेत्रमा पानीको समस्या भएको व्यापक जन गुनासो आएपछि खानेपानीमन्त्री प्रदीप यादवले केही महिना पहिले स्थालगत अनुगमन तथा निरीक्षण गर्नु भई ओभरहेड ट्याङ्की निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया अगाडि बढाउन पहल गर्नु भएको थियो ।

उक्त आयोजनाले खानेपानी सेवाको गुणस्तर वृद्धि गर्दै वीरगञ्ज क्षेत्रको खानेपानी आपूर्तिमा सुधार ल्याउने तथा स्थानीयवासीको दीर्घकालीन पानीको माग पूरा गर्ने लक्ष्य राखेको मन्त्री यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारको दिगो विकास लक्ष्य र खानेपानी सेवामा सुधारका प्रयासहरुको हिस्साका रुपमा आएको यो परियोजनाले क्षेत्रीय खानेपानी सङ्कट समाधान गर्दै स्थानीयवासीहरुको जीवनस्तर उकास्न मद्दत पुर्‍याउने छ ।” वीरगञ्ज क्षेत्र, जसले देशको प्रमुख आर्थिक केन्द्रका रुपमा पहिचान बनाएको तथा पानी आपूर्तिको क्षेत्रमा निकै चुनौतीको सामना गरिरहेकाले यस परियोजनाको कार्यान्वयनले स्थानीयवासीको मागलाई सम्बोधन गर्दै सामाजिक र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको संस्थानले जनाएको छ ।

नयाँ ओभरहेड ट्याङ्की निर्माणले खानेपानीको भण्डारण र वितरणलाई व्यवस्थित बनाउँदै समग्र सेवाको गुणस्तरमा सुधार ल्याउने तथा यो महत्वाकाङ्क्षी आयोजना सुरु हुन लाग्नु अत्यन्तै खुशीको विषय भएको मन्त्री यादवको भनाई छ ।
उक्त आधुनिक ओभरहेड ट्याङ्कीको निर्माणले खानेपानीको दीर्घकालीन उपलब्धता सुनिश्चित गर्न सहयोग गर्ने बताइएको छ । मन्त्री यादवकै पहलमा केही दिन पहिले ललितपुर जिल्लाको भैसेपाटी स्थित संघीय सरकारका मन्त्री एवम् प्रदेशका मुख्यमन्त्रीहरुका आवास लगायतका ठाउँमा शुद्ध अनि स्वच्छ खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरु भएको थियो ।

संघीय सरकार खानेपानी मन्त्रालय अन्तर्गत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका बिभिन्न स्थानमा खानेपानी पुर्‍याउनका लागि वोलपत्र सहितको प्रक्रिया सुरु गरेको हो । यस अघि मन्त्री निवास भैसेपाटी लगायतका ठाउँमा खानेपानीको आपूर्ति भएको थिएन ।