काठमाडौ । लबुचे र मनास्लु हिमाल आरोहण गर्न नेपाल आएका बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले आरोहण अनुमति पाएको छ । एक साता अधि आएको राजकुमारको टोलीले एक साताको क्वारेन्टिन बसाई अवधि पुरा गरेपछि मंगलबार पर्यटन बिभागले आरोहण अनुमति दिएको हो । करिब दुई महिनाको नेपालमा रहने यो आरोहण दलमा १८ सदस्य रहेका छन् ।
राजकुमार खलिफासँग दीपेश पुन
यसै बीच राजकुमार संग भेट गरेका ब्यबसायी एबं उपपराष्ट्रपति पुत्र दीपेश पुनले बहराइनले नेपालमा दुताबास खोल्ने तयारी गरिरहेको जानकारी दिनुभयो । राजकुमारले दुईदेश बिचको संवन्ध र नेपालमा विभिन्न क्षेत्रमा गल्फ देशहरुबाट विभिन्न क्षेत्रमा हुनसक्ने लगानी ,बहराईन साथै सबै गल्फ देशहरुमा रहेका नेपालीहरुको बारेमा पनि चासो राख्नु भएको थियो । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको नेतत्वको १८ सदस्यीयको हिमाल आरोहणको ब्यबस्थापन सेभेन समिट ट्रेक्स प्रा.लि.ले मिलाएको हो ।








