४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

‘बिग बोस–१८’ को विजेता बने करण वीर मेहरा

‘बिग बोस–१८’ को विजेता बने करण वीर मेहरा
अ+ अ-

एजेन्सी । टिभी अभिनेता करण वीर मेहरा ‘बिग बोस–१८’ को विजेता बनेका छन् । करणले बिग बोस ट्रफीसँगै ५० लाख नगद पनि पाएका छन् । गत वर्ष नै करणले ‘खतरों के खिलाडी–१४’ को उपाधि पनि जितेका थिए ।

दिल्लीमा जन्मेका करणले टिभी शो, वेब सिरिज र फिल्ममा काम गरेका छन् । २००५ मा सुरु भएको उनको अभिनय करियर अहिलेसम्म पनि जारी छ ।

तर, करणको व्यक्तिगत जीवन उथलपुथलले भरिएको थियो । दुई पटक विवाह गरिसकेका करण अहिले अविवाहित छन् । करणको सन् २००६ मा भयानक दुर्घटना भएको थियो । यही क्रममा उनी रक्सीको लतमा परे र डिप्रेसनमा समेत गए ।

करणको जन्म २८ डिसेम्बर १९७७ मा दिल्लीमा भएको थियो । हजुरआमाको सल्लाहमा उनले आफ्नो नाममा दिवंगत हजुरबुवाको नाम वीर राखेका थिए ।

करणले मसुरीको बोर्डिङ स्कुलमा १० कक्षासम्म पढेका थिए । त्यसपछि उनले दिल्लीको एक विद्यालयमा आफ्नो थप अध्ययन गरे । स्कुलको पढाइ पूरा गरेपछि उनले दिल्ली कलेज अफ आर्ट्स एण्ड कमर्सबाट स्नातक गरे ।

करणले सन् २००९ मा बाल्यकालकी प्रेमिका देविका मेहरासँग विवाह गरेका थिए । तर, सन् २०१८ मा दुवैको सम्बन्धविच्छेद भयो ।

देविकासँग सम्बन्धविच्छेद गरेपछि करणले २०२१ मा निधि सेठसँग विवाह गरे । तर उनीहरुको सम्बन्ध पनि लामो समय टिक्न सकेन र २०२३ मा उनीहरु अलग भए ।