१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानीको समस्या अन्त्य गराएरै छाड्ने छु: मन्त्री यादव



अ+ अ-

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले आफू नेपाली नागरिकको सेवाका लागि सधै तम्तयार रहेको र आफ्नो उदेश्य देश विकास तथा नागरिकको हित हुने काममा खटिने बताएका छन् ।

आज पर्सा जिल्लामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले देश विकास र नागरिकको सेवा गर्नु नै आफ्नो प्रमुख उदेश्य अनि लक्ष रहेको बताएका हुन् । उनले भने, “म नागरिकको सेवामा खटिएको सेवक हुँ, देशको विकास र नागरिकको सेवा गर्नु मेरो पहिलो लक्ष हो ।”

मन्त्री यादवले आफू खानेपानी मन्त्री भएपछि देशका विभिन्न दुर्गम तथा ग्रामीण क्षेत्रमा स्थलगत रूपमा खानेपानीका समस्याका विषयमा जानकारी लिएको र कतिपय ठाउँहरूमा अहिले पनि नागरिकले खानेपानी डोकोमा बोक्नुपर्ने बाध्यता रहेको पाएकाले त्यसका निकट भविष्यमै समाधान गर्ने प्रण गरेको दाबी गरे।

‘जलस्रोतको धनी देशमा पानी देऊ सरकार भन्दै नागरिकले आन्दोलन गर्नुपर्ने अनि डोकोमा पानी बोकेर खानुपर्ने अवस्था आफैमा दु:खद हो,’ उनले भने, ‘अब त्यसको अन्त्य गराउनका लागि एक घर, एक धाराको व्यवस्था गर्न म लागि परेको छु।’