२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानीको समस्या अन्त्य गराएरै छाड्ने छु: मन्त्री यादव



अ+ अ-

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले आफू नेपाली नागरिकको सेवाका लागि सधै तम्तयार रहेको र आफ्नो उदेश्य देश विकास तथा नागरिकको हित हुने काममा खटिने बताएका छन् ।

आज पर्सा जिल्लामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले देश विकास र नागरिकको सेवा गर्नु नै आफ्नो प्रमुख उदेश्य अनि लक्ष रहेको बताएका हुन् । उनले भने, “म नागरिकको सेवामा खटिएको सेवक हुँ, देशको विकास र नागरिकको सेवा गर्नु मेरो पहिलो लक्ष हो ।”

मन्त्री यादवले आफू खानेपानी मन्त्री भएपछि देशका विभिन्न दुर्गम तथा ग्रामीण क्षेत्रमा स्थलगत रूपमा खानेपानीका समस्याका विषयमा जानकारी लिएको र कतिपय ठाउँहरूमा अहिले पनि नागरिकले खानेपानी डोकोमा बोक्नुपर्ने बाध्यता रहेको पाएकाले त्यसका निकट भविष्यमै समाधान गर्ने प्रण गरेको दाबी गरे।

‘जलस्रोतको धनी देशमा पानी देऊ सरकार भन्दै नागरिकले आन्दोलन गर्नुपर्ने अनि डोकोमा पानी बोकेर खानुपर्ने अवस्था आफैमा दु:खद हो,’ उनले भने, ‘अब त्यसको अन्त्य गराउनका लागि एक घर, एक धाराको व्यवस्था गर्न म लागि परेको छु।’