काठमाडौ । चीन सरकारले नेपाल संग कुनै भौगोलिक विवाद नभएको जनाएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासले एक प्रेस नोट जारी गर्दै ‘चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद नभएको जनाएको छ । प्रेस नोटमा दुताबासले दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएको दाबी समेत गरेको छ । नेपाल–चीन निकटका छिमेकी हुन् भन्दै चिनियाँ दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको पनि प्रेस नोटमा उल्लेख छ ।
नेपालस्थित चिनियाँ दूताबासका लुआन सिउतानले जारी गरेको नोटमा भनिएको छ ‘चीन र नेपाल मित्रवत् छिमेकीहरू हुन् । चीनले सधैँ नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको छ,’ हालै ‘सञ्चार माध्यमले उल्लेख गरेका भवनहरू नेपाल –चीन सीमाको चिनियाँ खण्डमा रहेको कुरा प्रमाणित भएको प्रेस नोटमा उल्लेख गरिएको छ । दुतावासले नेपाली पक्षले यसको पुनः परीक्षण गर्न पनि सक्ने जनाउदै नेपाल र चीनबीच कुनै भौगोलिक विवाद नभएको र सीमा मामिलामा दुबै पक्षले निकटरूपमा सञ्चार सम्बन्ध कायम गरेको जनाएको छ । केही दिन यता हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण गरी चीनले केही भबन हरु बनाएको समाचार सार्बजनिक भएका छन् ।








