२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा आक्रमण जारी, युद्धविराम अझै लागू नभएको इजरायली सेनाको दाबी



अ+ अ-

एजेन्सी । इजरायली सेनाले प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) विरूद्ध गाजामा आक्रमण जारी राखेको छ । समूहले रिहा हुने बन्धकको सूची उपलब्ध नगराएकाले युद्धविराम अझै लागू नभएको बताएको छ ।

“आइडीएफले अहिले पनि गाजा क्षेत्रभित्र आक्रमण जारी राखेको छ। प्रधानमन्त्रीको निर्देशनअनुसार हमासले आफ्नो प्रतिबद्धता पूरा नगरेसम्म युद्धविराम लागू हुने छैन,” इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले एक टेलिभिजन वक्तव्यमा भन्नुभएको छ ।

एएफपीको फुटेजमा भने युद्धविराम लागू हुने समय मध्य शहर देइर अल–बलाहमा स्थानीय समयअनुसार ८ः३० बजेपछि सयौं गाजावासीले युद्धविराम लागुभएकोमा खुशी व्यक्त गर्दै प्रदर्शन गरिरहेका छन् । धेरैले मोबाइलमा फोटो खिचिरहेका थिए, ताली बजाइरहेका थिए र एकअर्कालाई अँगालो हालेका थिए ।

करिब ३० मिनेटपछि एएफपी टिभीले उत्तरपूर्वी गाजामा खैरो धुवाँको बाक्लो मुस्लो उठेको देखायो। उक्त क्षेत्रमा इजरायली सेनाले हवाई आक्रमण गरेपछि उक्त दृष्य देखिएको हो ।

हमासले सम्झौता अनुरूप फिर्ता गर्ने ३३ जना बन्धकको सूची पठाउन प्राविधिक समस्याका कारण ढिलो भएको जनाएको छ ।