४ पुष २०८२, शुक्रबार
,
Latest
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सम्पादक समाज सम्मान’ घिमिरेलाई



अ+ अ-

काठमाडौँ । सम्पादक समाज नेपालले यस वर्षको ‘सम्पादक समाज नेपाल सम्मान’ वरिष्ठ पत्रकार युवराज घिमिरेलाई प्रदान गरेको छ ।

समाजद्वारा आज नुवाकोटको शिवपुरी–७ सूर्यचौर आयोजित समारोहमा ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८१’ पर्वतको महिलाद्वारा सञ्चालित सामुदायिक रेडियो दिदी बहिनी ९५.२ मेगाहर्जलाई प्रदान गरिएको हो ।

‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार–२०८१’ पुरस्कार जिल्लालाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहनुभएका राजधानी दैनिकका बझाङ संवाददाता डिवी विष्ट र ‘योसमय’ अनलाइन न्यूज पोटरका सम्पादक धु्रव रावललाई प्रदान गरिएको आयोजकले जनाएको छ । ती पुरस्कारको राशि क्रमशः रु २५ हजार र रु १५/१५ हजारसहित प्रमाणपत्र रहेको छ ।

समाजलाई लामो समय अभिभावकत्व प्रदान गर्नुभएकामा संस्थापक अध्यक्ष वियोगीकी धर्मपत्नी ९० वर्षीया कृष्णवदन वैद्यलाई अभिनन्दन गरिएको थियो ।

समाजका अध्यक्ष पुरु रिसाल, महासचिव श्यामकाजी डोटेल, संरक्षक किरण वैद्य, कोषाध्यक्ष माधव दुलाल र सदस्य नारायण उपाध्यायले आफ्नो संस्थाले गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र र पुस्तकालय स्थापना गरेकाले पत्रकारिता क्षेत्रमा अध्ययन र अनुसन्धानको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता अमृतकुमार बोहरा, संविधानसभा सदस्य खिमलाल देवकोटा, नेपाली कांग्रेसका नेता नरोत्तम वैद्य र शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियालगायत व्यक्तिले मुलुकले जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या समाधान गर्न, समाजमा सकारात्मक सन्देश प्रवाह गर्न पत्रकार सक्रिय हुनुपर्नेमा जोड दिनुभएको थियो ।

नेपालको वामप्रजातान्त्रिक आन्दोलनमा योगदान दिनुभएका, मातृभूमि साप्ताहिकका सम्पादक तथा समाजका संस्थापक वियोगीको विसं २०६२ माघ २ गते निधन भएको थियो । रासस