२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौवादुङमा आमन्त्रित गोल्डकप : अलस्टार र कोटकालिका सेमिफाइनल प्रवेश



अ+ अ-

भोजपुर। भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रे रङ्गशालामा जारी दोस्रो आमन्त्रित गोल्डकप फुटबलअन्तर्गत आज भएको पहिलो खेलमा अलस्टार फुटबल क्लब धरानले देउराली फुटबल क्लबलाई ४–१ गोलले पराजित गरेको छ ।

अलस्टारका राकेश राई, उत्कस कुँवर र आचल लिम्बूले गोल गरे। दोस्रो खेलमा कोटकालिका फुटबल क्लबले आम्तेक–११ फुटबल क्लबलाई ५–० गोलले पराजित ग¥यो । कोटकालिकाका लागि कमल खवास, रिचार्ड बिल्सनले १-१ एक गोल गरे भने अमिर बेश्राले ह्याट्रिक गरे ।

ती दुवै खेलका विजेता टिम सेमिफाइनल प्रवेश गरेका छन् । गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद तीन लाख हात पार्नेछ भने उपविजेताले रु दुई लाख प्राप्त गर्नेछ ।

फाइनल खेल यही माघ ९ गते हुने आयोजकले जनाएको छ । गत वर्षदेखि सुरु प्रतियोगिताको दोस्रो संस्करणमा १२ टिमको सहभागिता रहेको छ ।