१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई बलियो राजनीतिक दल आवश्यक छ : महासचिव पोखरेल



file
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई बलियो राजनीतिक दल र शक्ति आवश्यक रहेको बताएका छन्।

आज समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीलाई प्रेस चौतारी नेपालमा प्रवेश गराउँदै बलियो राजनीतिक दल र शक्तिले मात्र मुलुकको विकास गर्ने बताए।

महासचिव पोखरेलले जथाभावी पार्टी खोल्न ‘एजेण्डा’ले नदिने भन्दै जनताले सोही आधारमा दललाई छान्ने बताए। उनले एमालेका लागि समाजवाद मुख्य विषय रहेको र समाजवाद प्राप्त गर्ने विधि लोकतन्त्र भएको स्पष्ट पारे। उनले सबै कम्युनिष्ट पार्टीको लक्ष्य समाजवाद रहेकाले एमालेमा आउन आग्रह गरे।

“एमालेको लक्ष्य समाजवादमा पुग्ने हो, कम्युनिष्टको अनेक पसल खोलेर समाजवादमा पुग्न सम्भव छैन, सबै कम्युनिष्ट शक्ति एमालेमा आएर समाजवादको बाटो तय गर्नमा सहयोग गर्नुपर्छ”, महासचिव पोखरेलले बताए, “एमाले छाडेर समाजवादीमा लागेका देशभरका नेता तथा कार्यकर्तालाई आफूले लामो समय योगदान गरेको पुरानो घर (एमाले)मा फर्किन म आह्वान गर्दछु।”

महासचिव पोखरेलले मुलुकलाई कमजोर बनाउने मिसनका साथ प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण भइरहेको भन्दै त्यसलाई प्रतिवाद गर्नुपर्ने बताए।

उनले अध्यादेश जारी गरे नेपाली कांग्रेस र एमालेबीच हिँड्ने बाटो तय गरेको बताए। “पाँचवटा अध्यादेश जारी गरेर हामी दुईवटा पार्टी हिँड्ने बाटो स्पष्ट गरेका छौँ”, उनले भने। कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले समाजवादको गन्तव्यमा पुग्न सबै कम्युनिष्ट एक ठाउँमा आउनुपर्ने बताए । उनले प्रवेश गरेकालाई पार्टीमा उचित जिम्मेवार दिइने बताए ।