७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday
Latest
शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्दा नेतालाई गिरफ्तार गरियो, अविलम्ब छाडियोस्ः राप्रपा पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन राप्रपा अध्यक्ष लिङ्देनलगायत सिंहदरबारबाटै पक्राउ परराष्ट्रमन्त्री डा राणा बैंकक प्रस्थान सिंहदबारभित्रै राप्रपाद्वारा सांकेतिक प्रदर्शन अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्कन बन्देज छैनः अध्यक्ष प्रचण्ड निषेधित क्षेत्रमा राप्रपाको प्रदर्शन–फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई बलियो राजनीतिक दल आवश्यक छ : महासचिव पोखरेल



file
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई बलियो राजनीतिक दल र शक्ति आवश्यक रहेको बताएका छन्।

आज समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीलाई प्रेस चौतारी नेपालमा प्रवेश गराउँदै बलियो राजनीतिक दल र शक्तिले मात्र मुलुकको विकास गर्ने बताए।

महासचिव पोखरेलले जथाभावी पार्टी खोल्न ‘एजेण्डा’ले नदिने भन्दै जनताले सोही आधारमा दललाई छान्ने बताए। उनले एमालेका लागि समाजवाद मुख्य विषय रहेको र समाजवाद प्राप्त गर्ने विधि लोकतन्त्र भएको स्पष्ट पारे। उनले सबै कम्युनिष्ट पार्टीको लक्ष्य समाजवाद रहेकाले एमालेमा आउन आग्रह गरे।

“एमालेको लक्ष्य समाजवादमा पुग्ने हो, कम्युनिष्टको अनेक पसल खोलेर समाजवादमा पुग्न सम्भव छैन, सबै कम्युनिष्ट शक्ति एमालेमा आएर समाजवादको बाटो तय गर्नमा सहयोग गर्नुपर्छ”, महासचिव पोखरेलले बताए, “एमाले छाडेर समाजवादीमा लागेका देशभरका नेता तथा कार्यकर्तालाई आफूले लामो समय योगदान गरेको पुरानो घर (एमाले)मा फर्किन म आह्वान गर्दछु।”

महासचिव पोखरेलले मुलुकलाई कमजोर बनाउने मिसनका साथ प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण भइरहेको भन्दै त्यसलाई प्रतिवाद गर्नुपर्ने बताए।

उनले अध्यादेश जारी गरे नेपाली कांग्रेस र एमालेबीच हिँड्ने बाटो तय गरेको बताए। “पाँचवटा अध्यादेश जारी गरेर हामी दुईवटा पार्टी हिँड्ने बाटो स्पष्ट गरेका छौँ”, उनले भने। कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले समाजवादको गन्तव्यमा पुग्न सबै कम्युनिष्ट एक ठाउँमा आउनुपर्ने बताए । उनले प्रवेश गरेकालाई पार्टीमा उचित जिम्मेवार दिइने बताए ।