१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध



file
अ+ अ-

खाँदबारी । कोशी राजमार्गअन्तर्गत यहाँको भोटखोला गाउँपालिका–३ सोम्बुङडाँडामा सुक्खा पहिरो झरेको छ ।

आज दिउँसो सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।

करिब ३५ मिटर माथिबाट खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको छ । इलाका प्रहरी कार्यालय हटिया गोलाबाट गएको प्रहरी टोली र स्थानीयवासीले पहिरो पन्छाउने प्रयास गरिरहेको छ ।

भोटखोला गाउँपालिकाको केन्द्रबाट पहिरो गएको स्थान नौ किलोमिटर दुरीमा पर्छ । रासस