१३ श्रावण २०८३, बुधबार
,
Latest
प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत पोखरा प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्रतीक्षा निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लेखेकै कारण स्पष्टीकरण सोधियो, निकृष्ट ठाउँलाई छाडेर म आफ्नै ठाउँमा फर्किएको छु’



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संगठन प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकार प्रेस चौतारी नेपालमा नै फिर्ता भएका छन् ।

माधव नेपाललगायत एमालेबाट विभाजित हुँदा प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका संस्थापक अध्यक्ष सुवेदी अब प्रेस संगठन र माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी समाप्त हुने भन्दै शुक्रबार पुरानै संगठन प्रेस चौतारी नेपालमा फर्किएका हुन् ।

सुवेदी विभाजित भएर जानु अघि प्रेस चौतारी नेपालको उपाध्यक्ष थिए । काठमाडौँमा आयोजित एक कार्यक्रममा सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईँ, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा फर्किएका छन् ।

कार्यक्रममा बोल्दै सुवेदीले आफूले प्रेस चौतारी छाडेर हिँडेकोमा पश्चात्ताप गरे । प्रेस चौतारीमा बस्दा लेख्न पाइँदैन, बोल्न पाइँदैन भनी आफूहरूलाई भन्ने गरिएको भए पनि एकीकृत समाजवादीमा लेखेकै कारण आफूलाई स्पष्टीकरण सोधिएको उनले बताए ।

‘प्रेस स्वतन्त्रताको पक्षमा हामी लडेर हिँड्ने, तर आफैँ आबद्ध पार्टीले त्यसमा बन्देज लगाउने, त्यो पनि विधि र पद्धतिको कुरा गर्नेले, त्यसैले त्यो निकृष्ट ठाउँलाई छाडेर म आफ्नै ठाउँमा फर्किएको छु’, उनले भने ।

एकीकृत समाजवादीमा पत्रकार मात्र होइन पार्टीका अन्य नेताहरूले पनि बोल्न नपाउने उनले बताए । आफू कुटिएको कुरा पार्टीमा राख्न खोज्दा समेत माधव नेपालले कुरा राख्न नदिएको उनले बताए । त्यहाँ निरङ्कुशता र आर्थिक अनियमितताले सीमा नाघेको सुवेदीले सुनाए ।

अघिल्लो दिन मन्त्री बनाएर पठाएको मानिसलाई भोलिपल्टबाट ४ करोड र ५ करोड माग्ने गरिएको सुवेदीले जानकारी दिए ।

यस्तो विकृति देख्दा आफूलाई पहिलेदेखि नै सो पार्टी र संगठन छाड्न मन लागेको भए पनि संगठनको अधिवेशनमा आफू अध्यक्ष निर्वाचित भएपछि निर्वाचित भएका साथीहरू समेत लिएर चौतारीमा आउन केही ढिलाइ गरेको उनले बताए । प्रेस संगठनका ९० प्रतिशत पत्रकारहरू प्रेस चौतारी नेपालमा चौतारीको महाधिवेशन अगाडि नै आउने उनले जानकारी दिए ।

सुवेदीले आफू कुनै कुरा आश गरेर प्रेस चौतारी नेपालमा नआएको स्पष्ट पारे । आफूले प्रेस चौतारी नेपाल छाड्दा भएको घाटालाई पूर्ति गर्ने गरी काम गर्ने सुवेदीले बताए । संगठन र पार्टीले जहाँ ठाउँ दिन्छ आफू त्यहीँ बसेर काम गर्ने उनको भनाई थियो ।




भर्खरै