९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायको आपत्ति



अ+ अ-

काठमाडौँ । शेर्पा समुदायले नेपाली चलचित्र ‘कार्साङ’को कथावस्तुमा गलत प्रस्तुति गरेको भन्दै आपत्ति जनाएका छन् ।

चलचित्रमा बलि र छेवर संस्कारलाई देखाइएको तर ती प्रथाहरू शेर्पा समुदायमा नरहेको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो ।

बौद्ध धर्मावलम्बी शेर्पा समुदायका अनुसन्धानकर्ता सेर्कु शेर्पाले शेर्पा संस्कृतिमा बलि र छेवरको कुनै स्थान नभएको बताउँदै यस्ता चलचित्रहरूले सांस्कृतिक विचलन ल्याउन सक्ने चेतावनी दिएका छन् ।

शेर्पा चलचित्र संघले जारी गरेको विज्ञप्तिमा शेर्पा समुदायको संस्कारको दुरुपयोग गरेको भन्दै सार्वजनिक माफीको माग समेत गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शेर्पा समुदायले बुद्ध धर्मलाई मान्छ, बलि दिने प्रथा हाम्रो संस्कृति होइन ।’

यता, निर्माण पक्षले भने चलचित्रको कथावस्तु समग्र शेर्पा समुदायको नभई सिन्धुपाल्चोकको यार्सा गाउँका शेर्पा समुदायको संस्कारमा आधारित रहेको स्पष्ट पारेका छन्। निर्देशक याम शेर्पाले चलचित्रको प्रचार सामाग्रीबाट ‘शेर्पा संस्कृतिमा आधारित’ भन्ने वाक्यांश हटाइएको जनाएका छन् ।

पुस २६ गतेदेखि प्रदर्शनमा आएको ‘कार्साङ’ मा दयाहाङ राई, जितु नेपाल, सिर्जना निङ्लेखु, दिया मास्के र बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।