८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

उपत्यका छाड्नेको लर्को: लकडाउनपछि १ लाख ४५ हजारले उपत्यका छाडे

उपत्यका छाड्नेको लर्को: लकडाउनपछि १ लाख ४५ हजारले उपत्यका छाडे
अ अ+ अ-

काठमाडौं । चैतपछि सरदर १ लाख ४४ हजार ६ सय ३३ जनाले काठमाडौँ छाडेका छन् । कोभिड–१९ को जोखिम थप बढ्दै गएको र गुमाएको रोजगारी  फिर्ता हुने सम्भावना न्यून भएपछि ६ महिनादेखि आफ्नो पुख्र्यौली थातथलोमा फर्र्किएकाहरु उपत्यका फर्किने सम्भावना पनि न्यून छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. चेम्जोङले भने– ‘काठमाडौँ उपत्यकामा अनौपचारिक आर्थिक अवसर घटेको छ, कोभिड सकिने बित्तिकै त्यो अवसर सुरु हुन्छ अनि गाउँ गएकाहरु फर्कन्छन् ।’ स्कुल, कलेज बन्द भएकाले ठूलो सङ्ख्यामा विद्यार्थीहरुले उपत्यका छाडेको  र निजी स्कुल र कलेजका शिक्षक–शिक्षिकाहरुले पनि काठमाडौँ छाडेको बताउछन् डा. चेम्जोङ । 

लकडाउनपछि चोभार, नागढुङ्गा, बालाजु र साँगाबाट कुल ७ लाख ८४ हजार ३ सय ८७ जना बाहिरिए । सो अवधिमा ७ लाख ३९ हजार ७ सय ५४ जना उपत्यका भित्रिएको तथ्याङ्कबाट देखिन्छ । महानगरीय प्रहरी कार्यालयबाट प्राप्त तथ्याङ्क यकिन भने छैन । किनभने यात्रु आवागमनको व्यवस्थित रेकर्ड राख्ने सिस्टम नेपालमा विकास भइसकेको छैन । प्रहरीको इन–आउट रेकर्डको आधारमा तयार पारिएको तथ्याङ्का अनुसार लकडाउनपछि सरदर १ लाख ४४ हजार ६ सय ३३ जनाले काठमाडौँ छाडेका छन् । (तथ्याङ्क ट्राफिक प्रहरी र नाकामा प्रहरीले राखेको इन–आउट रेकर्डको आधारमा तयार पारिएको)

वैदेशिक रोजागारी अहिले ठप्प छ । त्यसकारण काठमाडौँमा अहिले विदेश जाने र आउने मूलगेटभएपनि खासै मानिसहरु देखिखैनन् । नत्र वैदेशिक रोजागारीको प्रक्रिया पूरा नहुन्जेल ठूलो श्रमशक्ति अस्थायी रूपमा अनौपचारिक आर्थिक क्षेत्रमा क्रियाशील हुन्थे ।  घरायसी काम गर्ने श्रमिकहरुको रोजगारी गुमेको छ । आफ्ना लाला–बाला पढाउन र दुई छाक खानका लागि हुने–खानेको घरमा सफाइको काम गर्नेहरुले पनि रोजगारी गुमाएका छन् ।

कोरोना महामारीमा उनीहरुलाई राहतमा पनि विभेद गरियो । उपत्यकाका वडाध्यक्षहरुले भोटर रोज्दा डेरामा बस्नेहरुले राहतको रङ्ग कस्तो थियो भनेर पनि थाहा पाउन सकेनन् । त्यसपछि उपत्यका छाड्नुको विकल्प थिएन ।