१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रशासकसँग महामन्त्री गगनको छलफल



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका केही पूर्वप्रशासकहरूसँग छलफल गरेका छन् ।

बिहीबार सीमित स्रोत साधनका बिच कसरी प्रभावकारी काम गर्ने भन्ने विषयमा पूर्व प्रशासकसँग छलफल गरेको महामन्त्री थापाले जानकारी दिए ।

‘पूर्व प्रशासकहरूसँग छलफल गरेको छु,’ महामन्त्री थापाले फेसबुकमा लेखेका छन्, ‘सीमित स्रोत र साधनका बिच पनि सरकार र राज्यका निकायहरूले आफ्नो कामलाई कसरी कुशल सेवाप्रवाह र परिणाममुखी बनाउन सक्छन् भन्ने विषयमा छलफल भएको छ।’

थापाले ‘आफ्नो अनुभव, अध्ययन र दक्षताका आधारमा उनीहरूले दिएका व्यावहारिक सुझाव र छलफलका निष्कर्षलाई सरकारका प्राथमिकता कार्यान्वयनलाई सहज बनाउन गठन भएको राजनीतिक संयन्त्रमा प्रस्तुत गर्ने’ बताएका छन् ।