६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएफपिजे नेपालबाट फोटोग्राफर चुङ्बाप्रति अन्तिम  श्रद्धाञ्जली



अ+ अ-

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले  आजीवन सदस्य तथा वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पालाई अन्तिम  श्रद्धाञ्जली दिएको  छ। दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तसहित संस्थाका पदाधिकारी, सदस्यहरूले एनएफपिजेको झण्डा ओडाएर सम्मानसहित अन्तिम बिदाइ गरेका हुन्।

शेर्पाको आज बुधबार काठमाडौँको टेकु दोभानमा शेर्पा संस्कार अनुसार अन्त्येष्टि गरिएको हो। उनको आइतबार राति उपचारको क्रममा काठमाडौँको टोखास्थित ग्रान्डी अस्पतालमा ६४ वर्षको उमेरमा  निधन भएको थियो ।

शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफीसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए ।