८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सक्रमणको समयमा संघीयताको औचित्य पुष्टि भयो ?

सक्रमणको समयमा संघीयताको औचित्य पुष्टि भयो ?
अ अ+ अ-

काठमाडौँ ।  कोरोना रोकथाम र नियन्त्रणका लागि कानूनको अभाब संगै भएका कानूनको प्रभाबकारी कार्यन्वयन  हुन नसकेको सरोकारवालाहरुले  बताएका छन् । यूएसआईडी ,एनडिआई र आईआरआईले सयुक्त रुपमा आयोजना गरेको कोरोना भाईरसको महामारी संगै सबिधानलाई नियाल्दा बिषय मर्चुअल अन्तरक्रियामा सरोकारवालाहरुले प्रभाबकारी संक्रमण रोग नियन्त्रण सम्बन्धी कानूनको आबश्यकता रहेको औल्याए ।

 कार्यक्रममा राष्ट्रियशभा सदस्य बिमला राई पौडेलले सक्रमणको समयमा संघीय संरचनाको औचित्य र आबश्यकता झनै बढेको उल्लेख गर्दे लामो समय देखीको एकै प्रकारको काम गर्ने शैली परिबर्तन हुन नसक्दा यसको प्रभाबकारीता नदेखिएको बताउनु भयो । सासद पौडेलले केन्द्र सरकारले प्रंदेश र स्थानीय सरकारले पूर्ण रुपमा काम गर्न सक्दैनन् कि भन्ने संका कायम नै रहेका कारण पनि अन्योलता उत्पन्न भएको बताउनु भयो ।

कार्यक्रममा प्रदेश २ का मुख्य न्यायाधीबक्ता दिपेन्द्र झाले प्रदेश सरकारलाई केन्द्र सरकारले पूर्ण रुपमा आफनो नियन्त्रणमा राख्न खाजेको दाबी गर्नुभयो । उहाले भन्नुभयो द्धेध शासन जस्ता देखिन्छ ,केन्द्रले तोकेको प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकार बचि तालमेल नमिल्दा पनि समस्याहरु  उत्पन्न भएका छन् ।

कार्यक्रममा  धनगढी उपमहानगपालीकाका प्रमुख नृपबहादुर वडले केन्द्र सरकार र स्थानीय सरकारको काम प्रभाबकारी देखिएपनि प्रदेश सरकारले समन्वयात्मक भूमिका निर्बाह गर्न नसकेको टिप्पणी गर्नुभयो । स्थानीय सरकारहरुले सक्दो रुपमा काम गरेको दाबी गर्दे उहाले कतिपय बिषयमा कानूनको भन्दा पनि अनुभबको अभाब रहेको  बताउनु भयो ।

अन्तरक्रिया  कार्यक्रमको सहकर्ता रहनु भएका कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्माले संघीय सरकारले संघियतालाई पुर्ण रुपमा आत्मसाथ गर्न नसकेको अबस्था रहेको टिपप्णी गर्नुभयो । कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्तिहरुले सक्रमणको समयमा सरकारलाई खबरदारी गर्न संसद पनि क्रियासिल हुनुपर्ने सुझाब दिएका थिए । स्थानीय सरकारलाई कतिपय बिषयमा निर्णय गर्न स्बतन्त्र रुपमा दिनु पर्ने उल्लेख गर्दे केही कार्यन्वयनमा आएको समेत अनुभब राखेका थिए ।  सामाजिक परिक्षण्मा स्थानीय निकाय पास भएको उल्लेख गर्दे बक्ताहरुले नागरिकको अपेक्षा धेरै भएको तर त्यस अनुसार परिणाम नआउदा नकारात्मक टिप्पणीहरु भएको अनुभब राखेका थिए ।