८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दुर्लभ भ्रमणमा जापानद्वारा चिनियाँ सैन्य प्रतिनिधिमण्डललाई स्वागत

दुर्लभ भ्रमणमा जापानद्वारा चिनियाँ सैन्य प्रतिनिधिमण्डललाई स्वागत
अ अ+ अ-

एजेन्सी ।  अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको पुनरागमनअघि एसियाली छिमेकीहरूले चिसो सम्बन्ध सुधार्ने प्रयास गर्ने क्रममा चिनियाँ सैन्य प्रतिनिधिमण्डल एक दुर्लभ आदानप्रदान भ्रमणमा रहेको मङ्गलबार जापानले जनाएको छ ।

चिनियाँ जनमुक्ति सेना ९पिएलए० को पूर्वी थिएटर कमान्डका सदस्यहरूले सोमबारदेखि शुक्रबारसम्म आफ्ना जापानी समकक्षी र वरिष्ठ जापानी रक्षा अधिकारीहरूसँग भेटवार्ता गरिरहेको जापानका शीर्ष सरकारी प्रवक्ता योशिमासा हायाशीले बताउनुभयो ।

नोभेम्बरमा लाओसमा क्षेत्रीय रक्षा भेलाको छेउमा जापानी र चिनियाँ रक्षामन्त्रीहरूको भेटवार्तापछि यो भ्रमणको आयोजना गरिएको हो । त्यहाँ उहाँहरूले सेनाहरू बीच आदानप्रदान बढाउन सहमति जनाउनुभएको हयाशीले जानकारी दिनुभयो ।

“पाँच वर्षपछि पहिलो पटक यसले सैनिकहरूबीच आदान–प्रदान पुनः सुरु गरेको छ”, उहाँले नियमित प्रेस ब्रिफिङमा भन्नुभयो, “कमान्डर स्तरमा खुला सञ्चारमार्फत आपसी बुझाइ र विश्वासको प्रवद्र्धनले जापान र चीनबीच रचनात्मक र स्थिर सम्बन्ध निर्माणमा योगदान पु¥याउनेछ, हामीलाई लाग्छ यो भ्रमणले क्षेत्रको शान्ति र स्थिरतामा योगदान पु¥याउँछ ।”

पिएलए पूर्वी थिएटर कमाण्डले पनि यही विचार व्यक्त गरेको छ । “यो भ्रमणले दुई पक्षबीच समझदारी र आपसी विश्वास बढाउन तथा चीन र जापानबीच रक्षा आदानप्रदानलाई बढावा दिन मद्दत गर्नेछ”, विज्ञप्तिमा भनिएको छ ।

जापान र चीनले वर्षौंदेखि क्षेत्रीय र ऐतिहासिक विवादका साथै अन्य मुद्दाहरूले तनावग्रस्त सम्बन्धलाई सुधार्ने प्रयास गरिरहेका छन् ।

तनाव कम गर्न जापानी विदेशमन्त्री ताकेशी इवायाले डिसेम्बरमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेट्नुभएको थियो ।

जापानी सत्तारूढ सांसदहरू पनि कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीहरूसँग बैठकका लागि यस हप्ता चीनको भ्रमणमा छन् र जापानका कृषिमन्त्री बुधबार चीन जाँदै हुनुहुन्छ ।

जापानका राष्ट्रिय सुरक्षा सल्लाहकार टेको अकिबाले नोभेम्बरमा चीनको भ्रमण गरी वाङसँग वार्ता गर्नुभएको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका लागि मार्ग प्रशस्त गर्न टोकियोले अर्को महिना वाङलाई जापानमा निम्तो दिने अपेक्षा गरिएको निक्केई व्यापार दैनिकले गत हप्ता रिपोर्ट गरेको थियो ।

सन् २०१९ मा ओसाकामा भएको समूह २० को शिखर सम्मेलनमा अन्य विश्व नेताहरूसँगै आएको बाहेक सीले राष्ट्रपति बनेदेखि भ्रमण गर्नुभएको छैन ।