काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण भएको छ । मन्त्री आलेको सचिवालयले मन्त्री तथा उहाँका सचिव हेमन्त रेग्मीलाई पनि कोरोना सङ्क्रमण भएको बताएको छ ।
आज बिहान परीक्षण गर्दा उहाँलाई सङ्क्रमण देखिएको हो । हाल उहाँले निवासमै आइसोलेसनमा बस्नुभएको छ ।
सचिवालयले केही दिनयता मन्त्री तथा सचिवसँग सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
सरकारका मन्त्रीमध्ये यसअघि शिक्षामन्त्री देवेन्द्र पौडेललाई पनि कोरोना सङ्क्रमण भएको थियो ।