१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा ६.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी



symbolic picture of EARTHQUAKE
अ+ अ-

एजेन्सी । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६।८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१ः१९ बजे (१२१९ जिएमटी) एक मिटर (तीन फिट) सम्मको सुनामी छाल आउनसक्ने बताएको छ ।

युएसजिएसले आफ्नो अनुमान ६।९ म्याग्निच्युडबाट घटाएर ६.८ गर्दै यो भूकम्पबाट कुनै सुनामीको खतरा नभएको बताएको छ ।

तैपनि जेएमएले जनतालाई तटीय पानीबाट टाढा रहन आग्रह गरेको छ । एजेन्सीले एक्समा भनेको छ, “सुनामी बारम्बार आउन सक्छ । कृपया समुद्रमा नजानुहोस् वा तटीय क्षेत्रहरू नजिक नजानुहोस् ।”