२९ फाल्गुन २०८१, बिहीबार
March 13, 2025 Thursday

12.29°C

काठमाडौं

12.29°C

Kathmandu

Feels-like: 10.98

Wind: 1.58

Humidity: 54

Latest
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई इरानद्वारा पत्राचार युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर, २५ वर्षयताकै उच्च : डब्लुएचओ रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ आमाबाट छुट्टिएको छावाको उद्धार ट्रम्पको चेतावनी : युरोपबाट आयात हुने मदिरामा २०० प्रतिशत कर लगाइने स्कर्पियो दुर्घटना हुँदा ८ जना घाइते नेपालले महिला तथा बालिकाको सशक्तीकरण र समावेशीतामा उल्लेख्य उपलब्धि हासिल गरेको छ : मन्त्री सुडी मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा ६.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी



symbolic picture of EARTHQUAKE
अ+ अ-

एजेन्सी । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६।८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१ः१९ बजे (१२१९ जिएमटी) एक मिटर (तीन फिट) सम्मको सुनामी छाल आउनसक्ने बताएको छ ।

युएसजिएसले आफ्नो अनुमान ६।९ म्याग्निच्युडबाट घटाएर ६.८ गर्दै यो भूकम्पबाट कुनै सुनामीको खतरा नभएको बताएको छ ।

तैपनि जेएमएले जनतालाई तटीय पानीबाट टाढा रहन आग्रह गरेको छ । एजेन्सीले एक्समा भनेको छ, “सुनामी बारम्बार आउन सक्छ । कृपया समुद्रमा नजानुहोस् वा तटीय क्षेत्रहरू नजिक नजानुहोस् ।”