२९ पुष २०८१, सोमबार
,
Latest
स्वदेशी तथा विदेशी मालवाहक सवारी साधनको भारवहन नियन्त्रण गर्न माग सोलुखुम्बूमा हिमपात, सडक अवरुद्ध आज पनि सकिएन रविको थुनछेक बहस पहिलो अभ्यास खेलमा महिला यू-१९ टिम वेस्ट इन्डिजसँग पराजित चुडामणि शर्माको मुद्दा हेर्न नमिल्ने भन्दै पेशी सर्यो कुवेर कडायत र रविन्द्र के.सी. प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भारतीय प्रधानमन्त्री मोदीद्वारा चीन सीमा क्षेत्रतर्फको रणनीतिक सुरुङ उद्घाटन फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिनुपर्छः उपप्रमुख डंगोल राष्ट्रपतिबाट निर्माणाधीन संघीय संसद भवनको अवलोकन-फोटो फिचर बाढी पहिरोका कारण ३८१ सडक, पुल लगायतका पूर्वाधारमा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी



अ+ अ-

वालिङ । यहाँका एक किसानले व्यावसायिक तरकारी खेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङका कमलापति डुम्रेले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी लिन सफल हुनुभएको हो । खाद्यान्न व्यवसायबाट अपेक्षाकृत आम्दानी नभएपछि उहाँ तरकारीखेतीमा होमिनुभएको हो ।

एघार वर्षअघि ‘प्रगतिशील कृषि फर्म’ दर्ता गरी तरकारीखेती सुरु गर्नुभएका डुम्रेको हालको मुख्य आम्दानीको स्रोत नै यही हो । “समयानुसारका मौसमी तथा बेमौसमी तरकारी, बिरुवा उत्पादन गरी बिक्री गर्दै आइरहेको छु”, उहाँले भन्नुभयो, “कृषिबाट नै राम्रो आम्दानी भइरहेको छ ।” डुम्रेले टनेलभित्र र बाहिरी जमिनमा बन्दा, काउली, ब्रोकाउली, सिमी, बोडी, साग, काक्रा, मुला, भेण्टा, घिरौँला, करेला, टमाटर, आलुलगायतका तरकारी उत्पादन र बिक्री गर्दै आउनुभएको छ । उहाँले हाल झण्डै छ रोपनी जमिनमा तरकारीखेती गर्दै आउनुभएको छ ।

“तरकारी तथा बिरुवा बिक्रीबाट एक वर्षमा छ लाख ५० हजार आम्दानी भयो”, उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएको ताजा तरकारी बिक्रीका लागि हालसम्म कुनै समस्या भएको छैन, बिक्री भएन भन्ने चिन्ता छैन ।”

स्याङ्जा र पर्वतको सिमानामा रहेको हुल्काङबाट सबैभन्दा नजिकको दुरीमा रहेको पर्वतको पैयूँ गाउँपालिकाको हातेमालो चोक बजारमा खपत हुने गरेको छ । हातेमालो चोकसँगै केही तरकारीहरु स्याङ्जाको वालिङ बजारमा खपत हुने गरेको उहाँले सुनाउनुभयो । वालिङ–हातेमालोचोक जोड्ने सडकको किनारामै भएकाले यहाँ चल्ने सवारीसाधनमार्फत बजारीकरणमा सहज भएको डुम्रेले बताउनुभयो ।

डुम्रेले व्यावसायिक तरकारीखेतीसँगै बाख्रापालन, कागती, अमिला जातका फलफूलको खेती पनि गरिरहनुभएको छ ।