२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण एसियाली स्ट्रिट डिफेन्समा नेपालको वर्चस्व



अ+ अ-

काठमाडौं: नेपालले प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिताको स्वर्णमा आइतबार ‘क्लिन स्विप’ गरेको छ । प्रतियोगितामा समावेश सातै स्पर्धामा नेपाल स्वर्ण जित्न सफल रह्यो । ७ स्वर्णका अलावा नेपालले ५ रजत र ४ कांस्य पनि हात पार्‍यो ।

नेपाल जितकुण्डो मार्सल आर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा भारत र श्रीलंकाले समान १–१ रजत र कांस्य जिते ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष ५५ केजी तौलसमूहमा विजय थापाले स्वर्ण जिते । उनले फाइनल नेपालकै नितेश कठायतलाई पराजित गरे । पुरुष ६० केजीमुनि नरेन्द्र दनुवार पहिलो भए । उनले फाइनलमा नेपालका अल्ताप दनुवारलाई हराए । नेपालका अमित थापा तेश्रो भए । पुरुष ६५ केजीमा सन्जिव माझीले फाइनलमा नेपालका भीष्म तामाङलाई पाखा लगाउदै स्वर्ण चुमे । नेपालका सुसाङ चौधरी तेश्रो बने ।

पुरुष ७० केजीमुनि सुमन तामाङले स्वर्ण चुमे । उनले फाइनलमा श्रीलंकाका रकिन्डु प्रेमन चन्द्रालाई पन्छाए । भारतका मोनिश तेश्रो भए । पुरुष ७० केजीमाथि पिताम्बर मगरले बाजी मारे । उनले फाइनलमा भारत प्रियाडमाथि जित दर्ता गरे । श्रीलंकाका कसुन हर्षल तेश्रो स्थानमा रहे ।

महिला ५५ केजीमुनि निलम कोइरालाले फाइनलमा नेपालकी सारिका नेपालीको चुनौती पन्छ्याउदै स्वर्ण जितिन् । नेपालकी जमुना दनुवार तेश्रो बनिन् । महिला ७० केजीमाथि उर्मिला दनुवारले स्वर्ण चुमिन् । उर्मिलाले फाइनलमा नेपालकी जमुना विकलाई पराजित गरिन् । नेपालकी ममता शर्मा तेश्रो भइन् ।शीर्ष तीन स्थानमा रहनेले क्रमश: २३ हजार ५ सय, ५ हजार ५ सय र ३ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, नेपाल जितकुण्डो मार्सल आर्ट्स संघका अध्यक्ष रामबहादुर ठकुरी र महासचिव शिवबहादुर थापा, टेड वाङ जितकुण्डोका अन्तर्राष्ट्रिय प्रशिक्षक स्पेनका ज्याक्विन मार्सेलोलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिताअघि संघकै आयोजनामा दुईदिने नवौं टेड वाङ सेमिनार पनि भएको थियो ।