१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहम्मद शामी एक वर्षपछि टीम इन्डियामा फर्किए



अ+ अ-

एजेन्सी । भारतका फास्ट बलर मोहम्मद शामीले १४ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्ने भएका छन् ।

घुँडाको शल्यक्रियापछि रेस्टमा रहेका शामी इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजमा फर्किएका हुन् । यो सिरिजमा जसप्रित बुमराह र मोहम्मद सिराजलाई आराम दिइएको छ ।

बीसीसीआईले शनिबार राति टोलीको सूची सार्वजनिक गरेको हो । अक्षर पटेल उपकप्तान बनेका छन् भने सूर्यकुमार यादवले कप्तानी गर्नेछन् ।

ऋषभ पन्तले टोलीमा स्थान पाएका छैनन्, उनको स्थानमा ध्रुव जुरेल ब्याकअप विकेटकिपर हुनेछन् । सञ्जु सैमसन नियमित विकेटकिपरको रुपमा खेल्ने छन् । टोलीमा वासिङ्टन सुन्दर र नितिश कुमार रेड्डी पनि परेका छन् ।

टी–२० सिरिजको पहिलो खेल २२ जनवरीमा हुनेछ । ३ वटा एकदिवसीय सिरिज ६ फेब्रुअरीबाट सुरु हुनेछ । एकदिवसीय सिरिज र च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा गरिएको छैन ।

भारतको टी–२० टोली

सूर्यकुमार यादव (कप्तान), अक्षर पटेल (उपकप्तान), सञ्जु सैमसन, अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, रिंकु सिंह, नितिश रेड्डी, हर्षित राना, अर्शदीप सिंह, मोहम्मद शमी, ध्रुव जुरेल (विकेटकीपर), रवि बिश्नोई, वरुण चक्रवर्ती र वाशिंगटन सुन्दर ।