२६ असार २०८३, शुक्रबार
,
Latest
सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने सरकारलाई युवाको चेतावनी–‘तिमीहरुको सरकार सडकमा ल्याउन दुई मिनेट लाग्दैन’ गणेश नेपालीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार… संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहम्मद शामी एक वर्षपछि टीम इन्डियामा फर्किए



अ+ अ-

एजेन्सी । भारतका फास्ट बलर मोहम्मद शामीले १४ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्ने भएका छन् ।

घुँडाको शल्यक्रियापछि रेस्टमा रहेका शामी इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजमा फर्किएका हुन् । यो सिरिजमा जसप्रित बुमराह र मोहम्मद सिराजलाई आराम दिइएको छ ।

बीसीसीआईले शनिबार राति टोलीको सूची सार्वजनिक गरेको हो । अक्षर पटेल उपकप्तान बनेका छन् भने सूर्यकुमार यादवले कप्तानी गर्नेछन् ।

ऋषभ पन्तले टोलीमा स्थान पाएका छैनन्, उनको स्थानमा ध्रुव जुरेल ब्याकअप विकेटकिपर हुनेछन् । सञ्जु सैमसन नियमित विकेटकिपरको रुपमा खेल्ने छन् । टोलीमा वासिङ्टन सुन्दर र नितिश कुमार रेड्डी पनि परेका छन् ।

टी–२० सिरिजको पहिलो खेल २२ जनवरीमा हुनेछ । ३ वटा एकदिवसीय सिरिज ६ फेब्रुअरीबाट सुरु हुनेछ । एकदिवसीय सिरिज र च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा गरिएको छैन ।

भारतको टी–२० टोली

सूर्यकुमार यादव (कप्तान), अक्षर पटेल (उपकप्तान), सञ्जु सैमसन, अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, रिंकु सिंह, नितिश रेड्डी, हर्षित राना, अर्शदीप सिंह, मोहम्मद शमी, ध्रुव जुरेल (विकेटकीपर), रवि बिश्नोई, वरुण चक्रवर्ती र वाशिंगटन सुन्दर ।




भर्खरै