८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

क्यालिफोर्नियामा भीषण आगलागीः हजारौं घर र भवनहरू जलेर नष्ट

क्यालिफोर्नियामा भीषण आगलागीः हजारौं घर र भवनहरू जलेर नष्ट
अ अ+ अ-

एजेन्सी । शुक्रवारदेखि लस एन्जलस काउन्टीका विभिन्न भागहरूमा भीषण डढेलोको श्रृङ्खला जारी छ । जुन आंशिक रूपमा मात्र नियन्त्रणमा आएको छ । जसले गर्दा त्यहाँका बासिन्दाहरूको जीवनमा व्यापक अवरोधहरू सिर्जना भएको बताइएको छ ।

विद्यालयहरू बन्द हुनुका साथै असंख्य मनोरञ्जन, खेलकुद र सामुदायिक कार्यक्रमहरू रद्द गरिएका छन् । काउन्टी मेडिकल परीक्षकको कार्यालयकाअनुसार क्षेत्रको इतिहासकै सबैभन्दा ठूलो डढेलोले कम्तिमा ११ जनाको ज्यान लिएको छ ।

हालसम्म १० हजार भन्दा बढी भवनहरू नष्ट भएका छन् । आगलागीले दशौं हजार बासिन्दाहरूलाई विष्थापित गरेको छ । कम्तिमा ७० हजार घरहरू खतरामा छन् भने १० हजार नष्ट भएका छन् । प्रारम्भिक अनुमानहरूले डढेलोबाट हुने आर्थिक क्षति ५२ अर्बदेखि ५७ अर्ब अमेरिकी डलरको बीचमा रहेको देखाएको छ ।

जुन २०१८ को क्यालिफोर्नियाको डढेलोबाट भएको विनाशभन्दा बढी हो । जेपी मोर्गनका विश्लेषकहरूले बीमा गरिएको क्षति २० अर्ब डलरभन्दा बढी हुनसक्ने अनुमान गरेका छन् ।