२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ पुस्तालाई थप निराश बनाउनु हुँदैनः मन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नयाँ पुस्तालाई थप निराश बनाउन नहुने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि दक्ष जनशक्तिहरु नेपालमै केही गरौँ भन्ने ध्येयले स्वदेशमै स्वरोजगार बनि बसिरहेको बताउनु भयो । उहाँले देशभित्र पनि केही हुन्छ भन्ने आत्मविश्वास नयाँ पुस्तामा जागृत गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले देश रित्तो भयो भन्ने नकारात्मक भाष्य नयाँ पुस्तामा संप्रेषण गर्न नहुने बताउनु भयो । युवालाई देशभित्र बस्नका निम्ति वातावरण बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यति ठूलो जनशक्ति तपाईंहरु देशभित्रै हुनुहुन्छ । देशभित्र पनि एउटा आत्मविश्वासका साथ रहनुभएको छ । सबै एक सय एक क्षमता भएको व्यक्ति हुनुहुन्छ । विदेश नै गएर बस्नसक्ने क्षमता राख्नुहुन्छ । तर यही ठाउँमा उभिएर यहाँकै नयाँँ पुस्तालाई सहजता प्रदान गरौँ भन्ने अठोट राख्नुभएको छ । अहिले थुप्रै विद्यार्थी बाहिर जानुभएको छ । यसलाई नकारात्मक भाष्यका रुपमा देश रित्तो हुने भयो भन्ने भाष्यका रुपमा अघि बढाएका छौँ । त्यसका राम्रा र नराम्रा पाटा मूल्यांकन र समीक्षाको विषय हो ।

हामी त्यसलाई ठिक बाटो तय गर्नेछौँ । तर नकारात्मक भाष्य मात्रै संप्रेषण गरेर हामीले थप नयाँ पुस्तालाई निराश बनाउनु हुँदैन । बाहिर जाने कुरा दुनियाँभर भइरहेको छ । यो विश्वव्यापीकरणको परिणामको रुपमा भइरहेको छ । यसमा चिन्ता गर्नुपर्ने छैन । यसमा नेपालले के फाइदा लिनसक्छ त्यसमा ध्यान दिनुपर्छ । त्यो पनि देशको विकासका लागि आवश्यक छ । देशभित्र बस्ने अठोट, देशभित्र बस्नका निम्ति आस्था सञ्चार गर्ने अठोट लिनुपर्छ । ’

पर्यटनमन्त्री पाण्डेले विद्यार्थीलाई देश चिनाउने माध्यम बनाउन सकिने बताउनु भयो