काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक पक्षिय रुपमा निर्णयहरु सच्याउन माग गर्दै असन्तुष्ट समूहले पार्टी कार्यलयमा बिरोध पत्र बुझाउने भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले सभापति देउवाले गरेका पछिल्ला निर्णय सच्याउन माग गर्दै सोमबार विरोधपत्र दर्ता तयारी गरेको हो ।
आईतबारनै बिरोधपत्र दर्ता गराउन खोजेपनि अर्का नेता कृष्णप्रसाद सिटौला समूहलाई मनाउने प्रयास असफल भएपछि आज दर्ता गर्न लागिएको हो ।
बिरोध पत्रमा हाल सम्म २७ केन्द्रिय सदस्यले हस्ताक्षर गरेका छन् । कामचलाउको रुपमा मात्र रहेका सभापतिले आफुखुसी क्रियाशील सदस्यता वितरण, बिभिन्न विभाग गठन र विस्तारका काम विधान बिपरीत गरेकोभ न्दै पौडेल समूहले निरन्तर बिरोध गरिरहेकाे छ ।











