१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

गूगलले किन हटायाे प्ले स्टाेरबाट १७ किसिमका एप्स ?



अ+ अ-

गूगलले नियमित रुपमा प्ले स्टोरबाट विभिन्न किसिमका शंकास्पद एवं भाइरसयुक्त एप्लिकेसनहरु हटाइरहेको हुन्छ । पछिल्लो समय जोकर मालवेयरबाट संक्रमित १७ वटा एप्स गूगलले प्ले स्टोरबाट हटाएको जानकारी दिएको छ । पछिल्लो पटक यस्तो मालवेयर संक्रमित एप्सका बारेमा Zscaler ThreatLabZ अनुसन्धाताहरुले पत्ता लगाएका हुन् ।  

यी एप्सको प्रयोग एसएमएस, सम्पर्क (कन्टाक्ट), डिभाइस सूचना र प्रिमियम वायरलेस एप्लिकेसन प्रोटोकल ( WAP) का लागि प्रयोग हुन सक्नेछ ।

यी १७ किसिमका एप्सहरु १ लाख २० हजार पटक डाउनलोड भइसकेको छ । यीमध्ये अधिकांश एप्सहरु स्क्यानरसँग सम्बन्धित छन् । यसबाहेक केही मेसेजिङ एप्स र फोटो सम्पादन (इडिटिङ) छन् । गूगलले यी एप्सहरु हटाइसकेकाले यिनीहरुलाई डाउनलोड गर्न सकिने छैन तर आफ्नो डिभाइसमा यी एप्स रहेका भए अनस्टल गर्न सकिने छ ।

हेर्नुहोस् हटाइएका एप्सहरु

  • All Good PDF Scanner
  • Direct Messenger
  • Mint Leaf Message-Your Private Message
  • Tangram App Lock
  • Unique Keyboard – Fancy Fonts & Free Emoticons
  • Private SMS
  • Style Photo Collage
  • One Sentence Translator – Multifunctional Translator
  • Meticulous Scanner
  • Care Message
  • Desire Translate
  • Talent Photo Editor – Blur focus
  • Part Message
  • Paper Doc Scanner
  • Blue Scanner
  • Hummingbird PDF Converter – Photo to PDF
  • All Good PDF Scanner