२६ पुष २०८१, शुक्रबार
,
Latest
टोखाको चाकु अर्थात ‘नेपाली चकलेट’: विचौलियाको मारमा व्यवसायी, सरकारले गर्दैन सहयोग रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित स्पेनिस सुपर कपको फाइनलमा रियल र बार्सिलोना भिड्ने झापामा सीमास्तम्भ मर्मत गरिँदै प्रधानमन्त्री ओली र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेट, के भयो कुरा ? रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै, थुनामुक्त भएपछि भने– ‘धेरै लडाईं बाँकी छ’ पचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन अमेरिकी डलर र युरो स्थिर रहँदा अन्य विदेशी मुद्राको मूल्य घटबढ विदेशी भूमिका, नीति र दर्शन नेपालीलाई चाहिँदैन : पूर्वराजा ज्ञानेन्द्र शाह शीतलहरको कहर : बढ्दो जोखिममा कस्तो छ पूर्वतयारी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि



file
अ+ अ-

एजेन्सी । विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ ।

चाइना प्यासेन्जर कार एसोसिएसन ९सीपीसीए० ले बिहीबार जानकारी गराएअनुसार ‘सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ ।

हालैका वर्षहरूमा बेइजिङको उदार अनुदानबाट प्रेरित चिनियाँ विद्युतीय सवारीसाधनको बजारले व्यापक वृद्धि पाएको छ।

सीपीसीएका अनुसार गत वर्ष कूल खुद्रा बिक्रीको करिब आधा अर्थात् ४७।६ प्रतिशत हिस्सा विद्युतीय गाडीले ओगटेको थियो ।

सीपीसीएको तथ्याङ्कअनुसार डिसेम्बरमा यस्ता गाडीको बिक्री सङ्ख्या १३ लाख भन्दा बढी पुगेको छ । यो वर्षभरीको तुलनामा ३७।५ प्रतिशतले बढी हो र यो लगातार पाँचौं महिना १० लाखभन्दा बढीको बिक्री हो ।

विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार चीनमा घरेलु कार निर्माताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

चिनियाँ बजारमा बीवाईडीले अन्य कारको तुलनामा व्यापक बजार पाएको छ । शेन्जेनस्थित कम्पनीले सन् २०२४ मा विश्वभर ४० लाखभन्दा बढी गाडी बिक्री गरेको थियो ।