६ माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा डढेलोका कारण हाहाकार, लस एन्जलस क्षेत्रका हजारौं मानिसलाई घर छोड्न आदेश



अ+ अ-

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको ठूलो सहर लस एन्जलसको जंगलमा लागेको भीषण आगलागी तीव्र गतिमा फैलिरहेको छ ।

हावाहुरीका कारण आगो नियन्त्रण बाहिर गएर आसपासका बस्तीमा पुगेको छ । आगलागीका कारण धेरै घर जलेका छन् भने सवारीसाधन पनि जलेर नष्ट भएका छन् ।

यो आगलागी कति भयावह छ भने अहिलेसम्म हजारौं मानिस घरबार विस्थापित भइसकेका छन् ।

प्यासिफिक कोस्टदेखि पासाडेनासम्मका हजारौं अग्नि नियन्त्रकहरूले बुधबार कम्तीमा तीनवटा छुट्टाछुट्टै आगो निभाउने प्रयास गरिरहेका थिए ।

लस एन्जलस क्षेत्रमा ठूलो आगो फैलिएपछि अधिकारीहरूले हजारौं मानिसहरूलाई आफ्नो घर छोड्न आदेश दिए । अहिलेसम्म कम्तीमा पाँच जनाको ज्यान गएको छ ।