२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामा अपार्टमेन्टबाट खसेर नेपाली नर्सको मृत्यु



अ+ अ-

सिड्नी । अस्ट्रेलियामा अपार्टमेन्टबाट खसेर एक नेपाली नर्सको मृत्यु भएको छ ।

पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेर ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको द डेली टेलिग्राफले उल्लेख गरेको छ ।

गएको बिहीबार राति १ः४५ बजे तिर यो घटना भएको समाचारमा भनिएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दीक्षाले हालसालै नेपालम आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग बिहे गरेकी थिइन् । यो घटना हुनुभन्दा दुई घन्टा अघि दीक्षाको फ्लाटबाट आकस्मिक नम्बरमा फोन गएको थियो । फोनमा केही नबुझेपछि आकस्मिक सेवाले पछि फोन फर्काएको थियो । सो फोन लबिन्द्रले उठाएको ठानिएको छ ।

दीक्षाले फोन किन गरेको भन्ने खुलेको छैन । त्यसको केही समयमा अपार्टमेन्टको बाल्कोनीमा उनी झुन्डिरहेको देखेपछि एक जना प्रत्यक्षदर्शीले मद्दतका प्रहरीलाई फोन गरेका थिए । प्रहरी आईपुग्नुभन्दा अगाडि दीक्षा बाल्कोनीबाट खसिसकेकी थिइन् ।

प्रहरीले लबिन्द्रका साथै अपार्टमेन्टमा बस्ने अन्य व्यक्तिहरुसँग सोधपुछ गरिरहेको छ। श्रीमान–श्रीमतिबिच झगडा भएपछि दीक्षा बाल्कोनीमा गएकी थिइन् कि भन्ने तरिकाले घटनालाई हेरिएको छ । घटनामा कसैलाई पनि अभियोग लगाइएको छैन ।