सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान मोरङको सुनवर्षी नगरपालिका–७ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक पुरुष विराटनगरको नोबेल मेडिकल कलेजमा रिफर गरिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतक पुरुषको स्वाब संकलन गरेर नोबेल कलेजमै पीसीआर जाँच गर्दा असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएपछि कोभिड अस्पतालको भेण्टिलेटरसहितको आईसियूमा राखेर उपचार गर्दागर्दै संक्रमित पुरुषको मुत्य भएको थियो । योसहित बीपी प्रतिष्ठानमा उपचार गर्दागर्दै मृत्यु हुने संक्रमितको संख्या ३६ पुगेको छ ।











