३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा बर्डफ्लुको प्रकोप



अ+ अ-

एजेन्सी । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न सुरु गरेका छन् ।

जापानमा बर्डफ्लुको यो १९ औँ प्रकोप भएको कृषि मन्त्रालयले जनाएको छ ।

पछिल्लो फार्ममा कुखुराको मृत्यु दर बढ्दै गएको र आइतबार गरिएको परीक्षणमा फार्मका कुकुरामा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसले गर्दा त्यहाँ ५० हजार कुखुरालाई नष्ट गरिएको क्षेत्रीय प्रशासनले जनाएको छ ।

इवातेले तीन किलोमिटर (१.८६ माइल)को परिधिभित्र रहेका अन्य दुई फार्ममा राखिएका १७ हजार पङ्क्षीको आवागमनमा पनि प्रतिबन्ध लगाएको छ ।

सङ्क्रमित फार्मको १० किलोमिटरभित्र राखिएका करिब ३८ लाख चरा तत्कालका लागि उक्त षेत्रबाट बाहिर जानबाट रोकिने छ ।

बिहीबार इवातेको अर्को फार्म र मध्य आइची क्षेत्रको एक फार्ममा बर्ड फ्लु भाइरसको सङ्क्रमण देखिएको थियो र यसले ती फार्ममा क्रमशः एक लाख २० हजार र एक लाख लाख ४७ हजार पङ्क्षीलाई नष्ट गर्नुपरेको छ ।

डिसेम्बर २९ मा पूर्वी इबाराकीको एक फार्ममा प्रकोप पुष्टि भएको थियो, जसका कारण त्यहाँ १० लाख ८० हजार पङ्क्षीलाई नष्ट गरिएको थियो ।