४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

दाल-भातका कुरा

दाल-भातका कुरा
अ+ अ-

नेपाल–भारतमा खाइने दाल, भात, रोटी, तरकारी, मसला स्वास्थ्यको लागि कति महत्वपूर्ण हुन्छ भन्ने बारेमा ‘नेचर जर्नल’ मा सन् २०१९, सेप्टेम्बरमा एउटा लेख प्रकाशित भएको थियो ।

त्यस लेखमा अहिलेका पुस्ताहरूले खाने बर्गर, पिज्जाजस्ता ‘फास्ट फुड’ ले गर्दा कसरी मुटु, मधुमेह रोगका साथै वंशाणुगत रोग ल्याउन मद्दत गर्छ र दाल, भातजस्ता खानाले कसरी स्वास्थ्य रक्षा गर्छ भन्ने बारेमा प्रकाश पारिएको छ ।

तीनजना वैज्ञानिकले परम्परागत भारतीय खाना र पश्चिमा खानाहरूका सम्बन्धमा दुई वर्षसम्म अनुसन्धान गरेर त्यसको परिणामस्वरुप उक्त लेख तयार गरेका थिए । यो अनुसन्धान रसियाका डा.आत्र्योम भरभ्योभ, इजरायलका डा. यास्का र भारतका तनय गुप्ताले गरेका थिए ।

उनीहरुको अनुसन्धानअनुसार जंकफुड (पत्रु खाना) खानाले वंशाणुगत रोग जस्तै– मोटोपन, मधुमेह, उच्च रक्तचाप आदिका समस्या बढ्ने हुन्छ ।

दाल–भातको मिश्रण गरेर खाँदा स्वास्थ्यमा हुुने फाइदाका बारेमा विश्वका विभिन्न पोषणविद्ले पहिलेदेखि नै भन्दै आएका छन् । भातमा भएको एमिनोएसिड दालमा हुदैन, दालमा भएको एमिनोएसिड भातमाहुदैन । त्यसैले यी दुवैको मिश्रण गर्दा उत्तम भोजन बन्छ ।

हाम्रो भोजनको लागि चाहिने महत्वपूर्ण तत्व प्रोटिन नै विभिन्न एमिनोएसिडबाट बन्छ । हाम्रो शरीरका कोषहरु नै प्रोटिनबाट बनेका छन् । हुर्कने उमेरका बच्चा वा भर्खर बिरामीबाट उठेका बच्चालाई तङ्ग्रिन अनि गर्भवती, सुुत्केरी आमालाई समेत प्रोटिनको जरुरत पर्छ । दाल–भात खाँदा यो सजिलै प्राप्त हुन्छ । साथै दाल र भात दुुवैमा रेसादार तत्व हुुन्छ । दालमा धेरै रेसा हुुन्छ भने भातमा चाहिँ कम हुुन्छ । यी दुवैको मिश्रणले कब्जियतबाट बचाउँछ ।

चामलको भातका साथै अन्य अन्नहरू जस्तै– कोदो, फापर, गहुँ आदिले पनि स्वास्थ्य राम्रो राख्छ । यी सबै हाम्रो परम्परागत खाना हुन् ।

बालबालिकालाई पनि जाउलो र खिचडी (अर्थात् दाल र भात मिसाएर पकाएको भोजन) दिने चलन छ । तर यसको पौष्टिक महत्वका बारेमा भने त्यति ध्यान दिइएको हुँदैन ।

मानवशरीरमा हुने खर्बौं कोषलाई लगातार ऊर्जा चाहिन्छ । यदि कोषहरू थाके भने हामी पनि थकित बन्छौं । लगातार थाकिरहँदा र ऊर्जा कम हुँदा रोगसँग लड्ने शक्ति पनि कम हुँदै जान सक्छ । ऊर्जाका लागि खाना खान जरुरी छ । त्यसका लागि दाल, भात, तरकारी, रोटी, ताजा अचार, विभिन्न मसलाजस्ता हाम्रा परम्परागत खानाहरु उपयोगी छन् । यी खानाले हामीलाई स्वस्थ बनाएर चलायमान बनाउन शक्ति दिन्छ ।

आजकल पोषणको कुरा गर्दा ‘प्रोटिन, क्याल्सियम, आइरन, जिंक आदि क्याप्सुलको रुपमा दिए स्वास्थ्य राम्रो रहन्छ’ भन्ने भ्रामक प्रचार पनि भएको पाइन्छ । वास्तवमा यस्ता क्याप्सुलहरूले हाम्रो शरीर स्वस्थ राख्ने भन्दा पनि बढी पैसाको खती गराउँछ । हामीले प्राकृतिक खानाकै माध्यमबाट शरीरलाई चाहिने पौष्टिक तत्व लिनुपर्छ ।

यही हो हाम्रो परम्परागत ज्ञानको विशेषता, जसले भोजनलाई ‘क्याप्सुल’मा बन्द गरेर होइन, सम्पूर्णरुपमा हेर्छ ।

अहिले नेपालका विभिन्न रेस्टुरेन्टमा ‘नेपाली थाल। को चलन पनि आएको छ । थालमा भात खाने चलन त पुरानै हो । भारतमा पनि ‘गुजराती थाली’ प्रसिद्ध छ । यी थाल वा थालीमा हाम्रो भान्छामा पाक्ने दाल, तरकारी, अचार, दही, कढी, पापड सबै थोरै–थोरै मात्रामा तर पेट भरिने गरी दिइन्छ ।

‘नेपालको थाल’मा त गुन्द्रुक, गोलभेंडा र टिमुरको अचार पनि हुन्छ । अर्थात् वैज्ञानिक भाषामा शरीरलाई चाहिने ‘सूक्ष्म पोषक तत्व’ले भरिपूर्ण हुन्छ ।खाँदा पनि पेट भरिन्छ, मनमा आनन्द हुन्छ ।

आनन्दपूर्ण तरिकाले खाएको खानाले राम्रोसँग खाना शोषण पनि हुन्छ । तनाव लिएर, झगडा गर्दै खाएको खाना पच्न गाह्रो हुन्छ, शरीरमा पोषण दिँदैन ।

त्यसैले होला हाम्रा पुर्खाले खाना खाँदा आनन्द मनले खानुपर्छ, झगडा गर्नु र बोल्नुहुँदैन भन्थे । भारतकी प्रसिद्ध पोषणविद् रिजुता दिवाकर पनि भात, दाल, तरकारीले स्वास्थ्य राम्रो हुने बताउँछिन् ।

नेपालमा समय–समयमा केही ‘जानिफकार’ले चाहिँ ‘भात र दाल’ सँगै नखानू, प्रोटिन खाएको चार घण्टापछि मात्रै कोर्बोहाइड्रेड खानू भनेर सिकाउँछन् । यो त बिहान दाल मात्रै खाएर ४ घण्टापछि भात खानू भनेको जस्तै भयो ।

कतिले चाहिँ एकचोटिमा एकै थरीको खाना खानुपर्छ अर्थात् एकचोटि भात मात्रै, अर्को चोटि रोटी मात्रै, अर्को चोटि तरकारी मात्रै । तर यसरी भात मात्र खाँदा त एउटा त स्वाद हुँदैन, अर्को शरीरमा प्रोटिन पुग्दैन । अर्को भात र दाल मिसाएर खाँदाको त स्वाद नै उत्तम हुन्छ ।

केही प्राकृतिक चिकित्सकले चाहिँ भात–दाल, दाल–रोटी, कोदो–गुन्द्रुक–दाल वा चनाको झोल सँगै नै खानुपर्छ भन्छन् । तर कतिपयले दाल खाँदा पेट ढुस्स हुन्छ, पचाउन गाह्रो हुन्छ, त्यसैले दाल नखानू भन्ने सल्लाह दिन्छन् । तर दाललाई केही समय पानीमा भिजाएर वा विभिन्न गेडागुडीहरू टुसा उमारेर खाएमा त्यसबाट उत्पन्न हुने ‘ग्यास’ कम हुन्छ ।

यदि दाल पकाएपछि जिरा, हिङ, मेथी, जिम्बुले झान्यो भने अझ फाइदा गर्छ । नेपाली भान्छामा दाल झानेर खाने राम्रो चलन छ । अर्थात् परम्परागत व्यवहार र ज्ञानले हामीलाई दाल र गेडागुडी खाँदा ग्यास कम गर्न के गर्ने भनेर सिकाएको छ ।

डा अरुणा उप्रेतीको फेसबुकबाट