१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी

स्थानीय तहमा पुगेका बैंकहरुले गरेको कामको परिणाम चित्तबुझ्दो छैनः उद्योगमन्त्री भण्डारी

स्थानीय तहमा पुगेका बैंकहरुले गरेको कामको परिणाम चित्तबुझ्दो छैनः उद्योगमन्त्री भण्डारी
अ अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय सेवा ग्रामिण क्षेत्रसम्म पुगे पनि परिणाम चित्तबुझ्दो नभएको बताउनुभएको छ ।

शुक्रवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा ७५३ स्थानीय तहमा बैंकिङ पुहँचमा पुग्यो भनेर तथ्याङ्कमा मात्रै रमाउन नहुने बताउनु भयो । उहाँले पहुँचका हिसाबले अहिले सबै पालिका स्तरमा बैंकिङ सेवा पुगे पनि बैंकहरुले प्रभावकारी काम गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले बैंकहरुले स्थानीय तहमा गरेको कामको परिणाम राम्रो नभएको गुनासो गर्नुभयो ।

उद्योग मन्त्री भण्डारीले स्थानीय तहका बैंकहरुले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबारलाई बाहेक अन्य सम्भावना भएको क्षेत्रमा काम गर्न नसकेको बताउनु भयो । उहाँले स्थानीय तहमा पुगेका बैंकहरुले स्थानीय तहमा भएका सम्भावनाको खोजी गर्न नसकेको दाबी गर्नुभयो । उहाँले सरकारको निर्देशन अनरुप स्थानीय तहमा बैंकहरु पुगेपनि आयोजनाको बजेट भुक्तानी,सामाजिक सुरक्षा भत्ता,शिक्षक,स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको तलव भत्ता बाडेर मात्रै बैंकिङ पहुँच सुदृढ नहुने बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरु सम्भावनाको खोजीमा भन्दा पनि अन्तै बरालिँदै आएको बताउनु भयो । उहाँले स्थानीय तहमा पुगेका बैंकहरुले पनि जल,जङ्गल,जमिन,खानी,उद्योगका सम्भावनालाई खोज्न जरुरी रहेको बताउनु भयो । उहाँले अहिले मानिसहरु पहाडबाट तराई र तराईबाट राजधानी झर्ने र राजधानीबाट विदेश पलायन हुने अवस्था रहेको भन्दै त्यसलाई र्फकाउनु पर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ हामी बैंकिङ पुहँचमा तथ्याङ्कमा मात्रै रमाउनु मात्रै हुँदैन । पहुँचका हिसाबले अहिले सबै पालिका स्तरमा बैंकिङ सेवा पुगेको छ । तर बैंकहरुले स्थानीय तहमा गरेको काम चित्तबुझ्दो छैन । बैंकरुको परिणाम राम्रो छैन । बैंकहरुले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबारलाई बाहेक सम्भावना भएको ग्रामिण क्षेत्र त्यहाँ वित्तीय क्षेत्रले सम्भावनाको खोजी गर्न सकेन भन्ने मेरो मान्यता हो । सरकारले स्थानीय तहमा बैंकहरु जानुपर्छ र बैंक खोल्नुपर्छ भनेर निर्देशन ग¥यो । सानो आकारको भएपनि आयोजना र बजेट जाने भएकाले त्यसको भुक्तानी गर्नुपर्छ । सामाजिक सुरक्षा भत्ता,शिक्षक,स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको तलव भत्ता दिनुपर्छ । त्यही कारोबार गरेर बैंकिङ पहुँच सुदृढ भएको छ भन्ने हाम्रो निष्कर्ष छ । बैंक तथा वित्तीय संस्थाहरु सम्भावनाको खोजीमा भन्दा पनि अन्तै बरालिँदै छौं । हाम्रो सम्भावना जल,जङ्गल,जमिन,खानी,उद्योग भनिरहेका छौं । तर त्यो कुरा बैंकहरुले छाडेको छ । अहिले मानिसहरु पहाडबाट तराई र तराईबाट राजधानी झर्ने र राजधानीबाट विदेश पलायन हुने अवस्था छ । त्यसैले मुलुकभित्रका सम्भावनाहरुलाई छोड्दै गएका छौं । त्यसलाई र्फकाउनु पर्ने छ । हामीले कृषि र उद्योगबाट उत्पादनमा जोड दिने भनेका छौं तर बैंकको कृषिमा मात्रै लगानी कति छ रु पछिल्लो समय बैंकहरुसँग उद्योगीहरु क्रसित नै छन् । निजी क्षेत्र नै वित्तिय क्षेत्र हो । उद्योगबाट नाफा नहुँदा बैंकबाट नाफा कमाउने उद्योगी व्यवसायीहरु छन् ।’

मन्त्री भण्डारीले वित्तीय क्षेत्रमा अहिलेसम्म भएको उपलब्धी प्रमुख राजनीतिक दलहरुको रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारसँगस निजी क्षेत्र,बैंकर्स र उद्योगी व्यवसायीहरुले खाजेको नीतिगत सुधारको अपेक्षा देखिएको बताउनु भयो । उहाँले विगतमा बनाएका विद्यमान नीतिहरु अहिले बाधक भएकाले सुधारको आवश्यकता सरकारले महशुस गरिरहेको उल्लेख गर्नुभयो । उहाँले मुलुकभित्र लगानी र कर्जा प्रवाह किन एक जनाले कर्जा तिर्दिन भन्यो भनेर डराएर बस्न नहुने बताउनु भयो । उहाँले सरकारले बैंकको कर्जा लिइदिएकाले बैंकहरु ढुक्क भएर बसेको बताउनु भयो । बैंकहरुले जोखिम मोल्न नचाहेको उल्लेख गर्नुभयो ।