४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

राजदूत नियुक्तिबारे नेकपामा व्यापक असन्तुष्टि, खतिवडालाई सुनुवाई समितिले रोक्न सक्ने !

राजदूत नियुक्तिबारे नेकपामा व्यापक असन्तुष्टि, खतिवडालाई सुनुवाई समितिले रोक्न सक्ने !
अ+ अ-

काठमाडौं । सरकारले बिहीबार अकस्मात राजदूतलगायत महत्त्वपूर्ण नियुक्तिहरु गरेको विषयमा नेकपा भित्र व्यापक मात्राम असन्तुष्टि देखिएको छ । सरकारले एकलौटी ढंगले गरेको भन्दै सत्तारुढ नेकपामा पुनः असन्तुष्टि देखिएको हो । यसअघि सचिवालयमा भएको सहमतिअनुसार महत्त्वपूर्ण राजनीतिक नियुक्तिहरु गर्दा पार्टीको सल्लाह र सुझावका आधारमा गर्ने पार्टी बैठकको निर्णय भएपनि त्यसलाई वेवास्ता गर्दै सरकारले राजदूत लगायत महत्त्वपूर्ण निकायमा नियुक्ति गरेको छ । 

पछिल्लो पटक बिहीबार सरकारले महत्त्वपूर्ण दुई देशका लागि राजदूत नियुक्ति गर्दा पार्टीसँग कुनै छलफल र सल्लाह नभएको नेकपाका अध्यक्ष प्रचण्डले बताएको उहाँ निकट समाचार स्रोतले जनायो । समाचार स्रोतका अनुसार उहाँलाई वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालले यस विषयमा सोधेका र त्यस क्रममा प्रचण्डले आपूmलाई यस विषयमा थाहा नभएको जवाफ दिएका थिए । 

नेता खनालले त यस विषयमा सार्वजनिक रुपमा विरोध नै गरेका छन् । उनले पार्टीमा यी नियुक्तिका बारेमा छलफल या जानकारी पनि दिइएको छैन भन्दै यसबाट प्रधानमन्त्रीले एकलौटी गर्न खोजेको स्पष्ट देखिएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अमेरिका र बेलायतका लागि क्रमश डा।युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई राजदूतमा नियुक्ति गर्ने निर्णय गरेको छ । रेग्मीले बिहीबारै मुख्यसचिव पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा केही घण्टामै स्वीकृत गरेर राजदूत बनाउने निर्णय भएको हो । 

त्यस्तै सरकारले गत फागुन भदौ २० गते मात्रै अर्थमन्त्रीबाट राजीनामा दिएर प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त भएका डा।युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत बनाउने निर्णय गरेको हो । यी दुवैजना राजदूत नियुक्तिबारे पार्टीमा कुनै जानकारी नगराइएको भन्दै त्यसको विरोध भएको हो । 

विशेषगरी खतिवडाको विषयमा पार्टीमा असन्तुष्टि चुलिएको पाइएको छ । उनलाई प्रधानमन्त्री केपी ओलीले बढी नै च्यापेका र एउटै व्यक्तिलाई निरन्तर नियुक्तिहरु दिएको भन्दै विरोध भएको छ । हालै पनि प्रधानमन्त्रीले राष्टिय सभामा पुनः उनैलाई लान खोजेकोमा पार्टीमा प्रचण्डपक्षीय नेताहरुको व्यापक विरोधपछि बामदेव गौतमलाई बनाउन प्रधानमन्त्री बाध्य भएका थिए । 

खतिवडाको नियुक्तिले नेकपाको विरोध फेरि एक पटक सतहमा आएको छ । यसकारण पनि पार्टीकै सदस्यहस्को बाहुल्यता रहेको संसदीय सुनुवाई समितिमा उनको राजदूत पदको सिफारिशलाई रोक्नुपर्ने लबिंग पार्टीभित्रै शुरु भएको पाइएको छ । 

संसदीय समितिले यसअघि पनि सरकारले गरेका सिफारिशहरुलाई अनुमोदन नगरेर रोकिदिएको छ । यसअघि न्याय परिषदले सिफारिश गरेका प्रधानन्यायाधीश दीपकराज जोशीलाई पनि संसदीय सुनुवाई समितिले अनुमोदन नगरेर रोकिदिएपछि उनी प्रधानन्यायाधीश हुनबाट वञ्चित भएका थिए । 

यी दुवै देशका राजदूतमा पार्टीमा वरिष्ठ व्यक्तिहरु तथा पार्टीलाई विभिन्न हिसाबले सहयोग गरेका व्यक्तित्वहरुलाई पठाउन सकिनेमा प्रधानमन्त्रीले विना कुनै परामर्श आफुखुशी नियुक्ति गरेको भन्दै त्यसको विरोध गरेका हुन् । नेकपाका प्रचण्ड, नेपाल र खनालपक्षीय नेताहरुले आजै राजीनामा गराएर रेग्मीलाई र पटक पटक हैसियतभन्दा माथिको जिम्मेबारी दिइएका खतिवडालाई नै पुनः नियुक्ति किन दिनु परेको हो भन्ने बारेमा आफूहरुले केही पनि नबुझेको तर्क गरेका छन् ।