४ आश्विन २०८१, शुक्रबार
,
Latest
अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो: अध्यक्ष ढकाल उपप्रधानमन्त्री प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेबारी सुरु भयो पदयात्राको याम संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत नियुक्तिबारे नेकपामा व्यापक असन्तुष्टि, खतिवडालाई सुनुवाई समितिले रोक्न सक्ने !



अ+ अ-

काठमाडौं । सरकारले बिहीबार अकस्मात राजदूतलगायत महत्त्वपूर्ण नियुक्तिहरु गरेको विषयमा नेकपा भित्र व्यापक मात्राम असन्तुष्टि देखिएको छ । सरकारले एकलौटी ढंगले गरेको भन्दै सत्तारुढ नेकपामा पुनः असन्तुष्टि देखिएको हो । यसअघि सचिवालयमा भएको सहमतिअनुसार महत्त्वपूर्ण राजनीतिक नियुक्तिहरु गर्दा पार्टीको सल्लाह र सुझावका आधारमा गर्ने पार्टी बैठकको निर्णय भएपनि त्यसलाई वेवास्ता गर्दै सरकारले राजदूत लगायत महत्त्वपूर्ण निकायमा नियुक्ति गरेको छ । 

पछिल्लो पटक बिहीबार सरकारले महत्त्वपूर्ण दुई देशका लागि राजदूत नियुक्ति गर्दा पार्टीसँग कुनै छलफल र सल्लाह नभएको नेकपाका अध्यक्ष प्रचण्डले बताएको उहाँ निकट समाचार स्रोतले जनायो । समाचार स्रोतका अनुसार उहाँलाई वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालले यस विषयमा सोधेका र त्यस क्रममा प्रचण्डले आपूmलाई यस विषयमा थाहा नभएको जवाफ दिएका थिए । 

नेता खनालले त यस विषयमा सार्वजनिक रुपमा विरोध नै गरेका छन् । उनले पार्टीमा यी नियुक्तिका बारेमा छलफल या जानकारी पनि दिइएको छैन भन्दै यसबाट प्रधानमन्त्रीले एकलौटी गर्न खोजेको स्पष्ट देखिएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अमेरिका र बेलायतका लागि क्रमश डा।युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई राजदूतमा नियुक्ति गर्ने निर्णय गरेको छ । रेग्मीले बिहीबारै मुख्यसचिव पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा केही घण्टामै स्वीकृत गरेर राजदूत बनाउने निर्णय भएको हो । 

त्यस्तै सरकारले गत फागुन भदौ २० गते मात्रै अर्थमन्त्रीबाट राजीनामा दिएर प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त भएका डा।युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत बनाउने निर्णय गरेको हो । यी दुवैजना राजदूत नियुक्तिबारे पार्टीमा कुनै जानकारी नगराइएको भन्दै त्यसको विरोध भएको हो । 

विशेषगरी खतिवडाको विषयमा पार्टीमा असन्तुष्टि चुलिएको पाइएको छ । उनलाई प्रधानमन्त्री केपी ओलीले बढी नै च्यापेका र एउटै व्यक्तिलाई निरन्तर नियुक्तिहरु दिएको भन्दै विरोध भएको छ । हालै पनि प्रधानमन्त्रीले राष्टिय सभामा पुनः उनैलाई लान खोजेकोमा पार्टीमा प्रचण्डपक्षीय नेताहरुको व्यापक विरोधपछि बामदेव गौतमलाई बनाउन प्रधानमन्त्री बाध्य भएका थिए । 

खतिवडाको नियुक्तिले नेकपाको विरोध फेरि एक पटक सतहमा आएको छ । यसकारण पनि पार्टीकै सदस्यहस्को बाहुल्यता रहेको संसदीय सुनुवाई समितिमा उनको राजदूत पदको सिफारिशलाई रोक्नुपर्ने लबिंग पार्टीभित्रै शुरु भएको पाइएको छ । 

संसदीय समितिले यसअघि पनि सरकारले गरेका सिफारिशहरुलाई अनुमोदन नगरेर रोकिदिएको छ । यसअघि न्याय परिषदले सिफारिश गरेका प्रधानन्यायाधीश दीपकराज जोशीलाई पनि संसदीय सुनुवाई समितिले अनुमोदन नगरेर रोकिदिएपछि उनी प्रधानन्यायाधीश हुनबाट वञ्चित भएका थिए । 

यी दुवै देशका राजदूतमा पार्टीमा वरिष्ठ व्यक्तिहरु तथा पार्टीलाई विभिन्न हिसाबले सहयोग गरेका व्यक्तित्वहरुलाई पठाउन सकिनेमा प्रधानमन्त्रीले विना कुनै परामर्श आफुखुशी नियुक्ति गरेको भन्दै त्यसको विरोध गरेका हुन् । नेकपाका प्रचण्ड, नेपाल र खनालपक्षीय नेताहरुले आजै राजीनामा गराएर रेग्मीलाई र पटक पटक हैसियतभन्दा माथिको जिम्मेबारी दिइएका खतिवडालाई नै पुनः नियुक्ति किन दिनु परेको हो भन्ने बारेमा आफूहरुले केही पनि नबुझेको तर्क गरेका छन् ।