• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

अस्ट्रेलियाबाट दुबई पुगे जोकोभिच



अस्ट्रेलियाको अदालतले सरकारको देश निकाला आदेशलाई समर्थन गरेपछि टेनिस स्टार नोभाक जोकोभिचले अस्ट्रेलियन ओपनको उपाधि रक्षा गर्ने मौका गुमाएका छन् ।

आइतबार सङ्घीय अदालतका तीन न्यायाधीशले अध्यागमन मन्त्री एलेक्स हकको सार्वजनिक हितका आधारमा यी सर्बियाली खेलाडीको भिसा रद्द गर्ने निर्णयलाई सदर गरेका थिए।

उक्त निर्णयको केही समयपछि कोभिड–१९ विरुद्धको खोप नलगाएका जोकोभिचलाई सङ्घीय एजेन्टहरूले मेलबर्नको एयरपोर्टमा लगे । त्यहाँ उनी संयुक्त अरब इमिरेट्सका लागि इमिरेट्सको उडानमा चढे।

३४ वर्षीय जोकोभिच सोमबार बिहान दुबई पुगेका थिए । दुबई प्रस्थान गर्नुअघि जोकोभिचले अष्ट्रेलियाको अदालतको निर्णयबाट ‘अत्यन्त निराश’ भएको बताएका थिए । यद्यपि उनले अदालतको निर्णयको सम्मान गर्ने बताए ।

“म अष्ट्रेलियामा बस्न र अस्ट्रेलियन ओपनमा भाग लिन सक्दिन”, उनले एक विज्ञप्तिमा भने, “पछिल्ला साताहरु ममा केन्द्रित भएकामा मलाई असहज भएको छ र मलाई आशा छ अब मलाई मनपर्ने खेल र टूर्नामेंटमा हामी सबैले ध्यान केन्द्रित गर्न सक्छौँ ।”

जोकोभिकको कोभिड–१९ खोपको स्थितिमा सनसनीपूर्ण ११ दिनको लडाइँले अस्ट्रेलियामा कीर्तिमान २१ औँ ग्रान्ड स्लाम जित्ने उनको सपना समाप्त भएको छ। एजेन्सी