१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लस भेगासमा टेस्ला साइबर ट्रक विस्फोट हुँदा १ जनाको मृत्यु, ७ घाइते



अ+ अ-

एजेन्सी । लस भेगासमा ट्रम्प होटल बाहिर बुधवार टेस्ला साइबर ट्रक विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

लस भेगास स्ट्रिपको उत्तरी छेउमा रहेको ट्रम्प इन्टरनेशनल होटल बाहिर बुधवार बिहान टेस्ला साइबर ट्रकमा आगलागी हुँदा एक जनाको मृत्यु भएको स्थानीय बताइएको छ ।

स्थानीय समयअनुसार बिहान ८ः४० बजे होटलको भ्यालेट क्षेत्रमा गाडीमा आगलागी भएको जानकारी दिइएको थियो । लस भेगास मेट्रोपोलिटन पुलिस विभागले ट्रम्प टावरको प्रवेशद्वारमा गाडीमा आगलागीको अनुसन्धान गरिरहेको बताएको छ ।