२ जेष्ठ २०८२, शुक्रबार
,
Latest
जलवायु कार्यमा हातेमालो गर्न विलम्व नगरौँः मन्त्री ठकुरी धुलोरहित सडक निर्माण कार्यको अनुगमन : उपप्रमुखबाट प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल जलवायु नेतृत्वमा नेपाल दृढ छः वनमन्त्री ठकुरी जलवायु सङ्कट समाधानमा विश्वव्यापी सहकार्यमा जोड प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित पूर्वसैनिकले गरे आफ्नै छोरी र भतिजोको हत्या जलवायु परिवर्तन अब सुदूरको खतरा रहेनः प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिबाट संघीय निजामती विधेयक पारित रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट कुमार र तिलप्रसादको इजलासमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्टमा २०२४ मा १५.७ मिलियन पर्यटक



अ+ अ-

एजेन्सी । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले बुधवार देशले २०२४ मा १५.७ मिलियन पर्यटकहरूको उच्च रेकर्ड प्राप्त गरेको बताउनुभएको छ ।

उक्त क्षेत्रमा कुनैपनि घटनाहरु नभएको खण्डमा यो संख्या १ करोड ८० लाख पुग्ने उहाँको भनाइ छ । इजिप्टले २०२५ मा १८ मिलियन पर्यटकहरूको लक्ष्य संख्या हासिल गर्ने बताउनु भयो ।

इजिप्टमा कोभिड–१९ महामारीका कारण सन् २०१९ मा १ करोड ३० लाखभन्दा बढी पर्यटकको सङ्ख्या २०२० मा ३७ लाखमा झरेको थियो । त्यसपछि क्रमशः २०२१ मा ८० लाख, २०२२ मा ११.७ मिलियन र २०२३ मा १४.९ मिलियन पुगेको थियो ।

पर्यटन क्षेत्र इजिप्टको विदेशी मुद्राको मुख्य स्रोतहरू मध्ये एक हो ।