९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

भूकम्प स्मृति उद्यानले अन्तर्राष्ट्रिय महत्व राख्छ: सभामुख

भूकम्प स्मृति उद्यानले अन्तर्राष्ट्रिय महत्व राख्छ: सभामुख
अ अ+ अ-

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति उद्यानको काम यथाशीघ्र अघि बढाउन पहल गर्ने बताएका छन् । बिहीबार सदरमुकाम चौतारामा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत निर्माणको चरणमा रहेको भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरणका लागि भएको बैठकमा उनले सो कुरा बताएका हुन् । उक्त स्मृति उद्यानका संरक्षकसमेत रहनुभएका सभामुख सापकोटाले राष्ट्रिय गौरवको आयोजना स्मृति उद्यान बनाउन कानूनी जटिलता हटाएर पूरा गरी छाड्ने प्रतिबद्वता जनाए । विधि, विधान निर्माण गर्ने सङ्घीय संसद्को नेतृत्व गरेको हिसाबले बैठकमा उपस्थित भएको सभामुख सापकोटाले बताए । “यो राष्ट्रिय गौरवको आयोजना हो, यसले अन्तर्राष्ट्रिय महत्व राख्छ”, सभामुख सापकोटाले भन्नुभयो, “यसकारण बैठकमा मेरो उपस्थिति आफैँमा अर्थपूर्ण छ ।”

समस्या निराकरणका लागि जोखिम आवश्यकता परे पनि दिन आफू तयार भएरै आएको उनले बताए । राम्रो काम गर्नका लागि कानूनी जटिलतामात्रै प्रधान नरहेको उनको जिकिर थियो । देशकै स्मरणयोग्य बनाउनका लागि केही क्षति भए पनि ब्यहोर्न तयार हुनपर्नेमा उनले जोड दिए । “हामीले थालेको महान कार्यलाई रोक्ने होइन कि त्यसलाई ठिक ढङ्गले निकास दिनुपर्छ”, सापकोटाले भने । उपाय कसरी निकाल्न सकिन्छ गहन छलफल गरेर निष्कर्ष निकाल्न उनले प्रमुख जिल्ला अधिकारीलगायतलाई निर्देशनसमेत दिए ।

स्मृति उद्यानको तत्कालीन वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटा र सांसद शेरबहादुर तामाङद्वारा विसं २०७३ वैशाख २९ गते शिलान्यास गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ दारेगौँडा पानी ट्याङ्कीमा भगवती सामुदायिक वन क्षेत्रको ४२ हजार १०८ वर्गमिटर क्षेत्रमा बन्ने गरी शिलान्यास भएको हो । निर्माण समन्वय र सहजीकरण समिति गठनसमेत भएर निर्माण शुरु भएको भनिएको उद्यान पाँच वर्ष बितिसक्दासमेत योजनामै थन्किएको छ । रु ४९ करोड ९३ लाख १६ हजार ५२४ को लागत अनुमान र उद्यानको डिपिआरसमेत सम्पन्न गरी पुनःनिर्माण प्राधिकरणबाट रु एक करोड स्वीकृत भई घेराबार लगाइएको थियो ।

बैठकको अध्यक्षता गरेका सांसद तथा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोकमा विद्यालय भवन निर्माणले देशकै अग्रता पाएजस्तै भूकम्प स्मृति उद्यान पनि सोही गतिमा बन्नुपर्ने धारणा राखे । भूकम्पले देशकै सर्वाधिक क्षति पुर्याएको सिन्धुपाल्चोकमा भूकम्प स्मृति उद्यान बनाउन कसैगरी नरोकिने ठोकुवा गरे । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, पूर्वसांसद सुभाष कर्माचार्य, जिल्ला अध्यक्ष झम्क नेपाल तथा नेपाली काँग्रेसका जिल्ला सचिव बिलबहादुर तामाङलगाएतले स्मृति उद्यान पुनःनिर्माणमा अड्किएको गाँठोलाई कुनै विधिद्वारा फुकाउनुपर्ने धारणा राखे । 

बैठकमा भूकम्प स्मृति उद्यान निर्माणको हालसम्मको प्रगति र समस्याका बारेमा भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरण समितिका सदस्यसचिव सन्तोषकुमार निरौलाले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्र प्रस्तुत गर्दै निरौलाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट यही आर्थिक वर्ष २०७७ साउन २७ मा वन क्षेत्रको जग्गा सिफारिस समितिको सिफारिससहित पेश गर्न निर्देशन दिएको बताए । उनका अनुसार सो समितिमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष, जिल्ला समन्वय अधिकारी, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अधिकृत र सम्बन्धित नगरपालिकाको प्रमुख सदस्य रहेका छन् । बैठकले सदस्यसचिव रहेका निरौला र वन डिभिजन कार्यालय सिन्धुपाल्चोकका डिभिजन प्रमुखलाई परामर्श गरेर समस्या सुल्झाउन जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

यसैबीच भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरण समितिका संयोजक यसअघि सांसद शेरबहादुर तामाङ रहेकामा बैठकले पूर्वसांसद सुभाष कर्मचार्यलाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ । आफूले जिम्मेवारी पाएसँगै स्मारक उद्यान निर्माणमा पूर्णरुपमा लागिपर्ने कर्मचार्यले प्रतिबद्वता जनाए।