६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा जगतबहादुर सिम्खडा चयन



अ+ अ-

काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्षमा जगतबहादुर सिम्खडा चयन हुनुभएको छ ।

मंगलवार काठमाडौंमा भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनले सिम्खडालाई एक वर्षको लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो ।

यस्तै महासचिवमा इन्द्रदेव मिश्र र महिला संयोजकमा सीता लामालाई चयन गरेको छ । महिला समितिको सचिवमा सरिता घिसिङ चयन हुनुभएको छ ।  जेटियुसीसीमा हाल नेपालमा मान्यता प्राप्त दश वटा ट्रेड युनियन महासंघ आवद्ध छन् । हरेक एक÷एक वर्षमा हुने जेटियुसीसीको अध्यक्षमा भने प्रत्येक वर्ष छुट्टाछुट्टै ट्रेड युनियन संस्थाले प्रतिनिधित्व गर्ने गरेका छन् । जेटियुसीसीका नवनिर्वाचित अध्यक्ष जगत सिमखडाले जेटियुसिसीको अध्यक्ष बन्नु चुनौतिको रुपमा लिएको बताउनु भयो । उहाँले नेपालको ट्रेड युनियन आन्दोलन अफ्ठ्यारो अवस्थामा रहेको बताउनु भयो । उहाँले संविधानमा श्रमिका विषयलाई सम्बोधन भएपनि श्रमिकको हितमा कानूनहरु बन्न नसकेको बताउनु भयो । अध्यक्ष सिम्खडाले उल्टो बाटोमा हिँड्न थालेको नेपालको ट्रेड युनियन आन्दोलनलाई सुल्टो बाटोमा ल्याउने प्रयास गर्ने बताउनु भयो ।

उहाँले श्रम ऐनभित्र भएका मजदुर विरोधी दफाहरुलाई संशोधन गर्ने पहल गरिने बताउनु भयो । उहाँले योगदानमा आधारित सामाजिक सुरक्षालाई कार्यान्वयनमा लैजानु आगामी चुनौति रहेको बताउनु भयो ।