९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘छावा’का लागि रश्मिकाले पाँच महिनासम्म भाषा सिकिन्



अ+ अ-

एजेन्सी । चलचित्र ‘छावा’मा अभिनेत्री रश्मिका मन्दनाले छत्रपति संभाजी महाराजकी पत्नी महारानी येसुबाई भोसलेको भूमिका निर्वाह गरेकी छन् ।

मराठी रानीको भूमिका निभाउनु रश्मिकाका लागि अवसर मात्र नभएर सपना थियो । रश्मिकाले आफूलाई रानीको भूमिकामा देख्ने सपना रहेको बताइन्, जुन ‘छावा’ बाट पूरा भएको छ ।

यो क्यारेक्टरका लागि रश्मिकाले पाँच महिनासम्म दैनिक ३–४ घण्टा भाषा सिकेकी थिइन् ।

क्यारेक्टरको तयारीका बारेमा अभिनेत्रीले भनिन्, ‘सबैभन्दा ठूलो तयारी भाषाको थियो । हिन्दी मेरो मातृभाषा होइन । यो भाषा मेरो लागि स्वाभाविक होइन तर दर्शकका लागि यो भाषा सिक्नु मेरो कर्तव्य थियो । त्यसपछि जब रानीको चरित्र खेल्नुपर्छ, तब सबै कुरामा प्रभुत्व जमाउनु पर्छ । चाल, बोली, शैली, सबै कुरा । संवादका लागि दिनहुँ तीन–चार घण्टा मिहिनेत गरेँ । यो क्रम पाँच महिनासम्म चल्यो । म हरेक शब्द, प्रत्येक वाक्य मेरो आफ्नै भाषा जस्तै सिक्ने गर्थे ।’

रश्मिकाले विगत तीन वर्षदेखि लगातार ‘पुष्पा १’, ‘एनिमल’ र ‘पुष्पा २’ जस्ता हिट फिल्म दिइरहेकी छिन् ।