एजेन्सी । चलचित्र ‘छावा’मा अभिनेत्री रश्मिका मन्दनाले छत्रपति संभाजी महाराजकी पत्नी महारानी येसुबाई भोसलेको भूमिका निर्वाह गरेकी छन् ।
मराठी रानीको भूमिका निभाउनु रश्मिकाका लागि अवसर मात्र नभएर सपना थियो । रश्मिकाले आफूलाई रानीको भूमिकामा देख्ने सपना रहेको बताइन्, जुन ‘छावा’ बाट पूरा भएको छ ।
यो क्यारेक्टरका लागि रश्मिकाले पाँच महिनासम्म दैनिक ३–४ घण्टा भाषा सिकेकी थिइन् ।
क्यारेक्टरको तयारीका बारेमा अभिनेत्रीले भनिन्, ‘सबैभन्दा ठूलो तयारी भाषाको थियो । हिन्दी मेरो मातृभाषा होइन । यो भाषा मेरो लागि स्वाभाविक होइन तर दर्शकका लागि यो भाषा सिक्नु मेरो कर्तव्य थियो । त्यसपछि जब रानीको चरित्र खेल्नुपर्छ, तब सबै कुरामा प्रभुत्व जमाउनु पर्छ । चाल, बोली, शैली, सबै कुरा । संवादका लागि दिनहुँ तीन–चार घण्टा मिहिनेत गरेँ । यो क्रम पाँच महिनासम्म चल्यो । म हरेक शब्द, प्रत्येक वाक्य मेरो आफ्नै भाषा जस्तै सिक्ने गर्थे ।’
रश्मिकाले विगत तीन वर्षदेखि लगातार ‘पुष्पा १’, ‘एनिमल’ र ‘पुष्पा २’ जस्ता हिट फिल्म दिइरहेकी छिन् ।










