२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूधले नुहाउने गर्थे रवि किशन



अ+ अ-

एजेन्सी । अभिनेता रवि किशन शुक्ला बलिउडको कल्ट क्लासिक फिल्म ग्याङ्ग्स अफ वासेपुरको हिस्सा बन्न सक्दथे । तर एक शौखका कारण उनीबाट यो फिल्म खोसियो ।

वास्तवमा रवि किशनलाई दूधले नुहाउने बानी थियो । फिल्म निर्देशक अनुराग कश्यपले उनको यस्तो खर्च वहन गर्न नसक्ने बताए ।

साथै, केही व्यक्तिले अनुरागलाई अभिनेताविरुद्ध उक्साएका थिए, जसका कारण उनीबाट फिल्म खोसिएको थियो ।

युट्युबर शुभंकर मिश्रालाई दिएको अन्तर्वार्तामा रवि किशनले आफूलाई फिल्म अफर गरिएको तर भूमिकाको बारेमा कुनै जानकारी नपाएको बताए ।

उनले थप भने– ‘म दूधले नुहाउने गर्थे । मलाई रमाइलो लाग्थ्यो । यो कुरा अनुराग कश्यपलाई कसैले बताए । म पागल हुँ, त्यसैले म कलाकार हुँ । म सामान्य मान्छे भए अफिसमा काम गर्छु र टिफिन लिएर काममा जान्छु । मेरो मागअनुसार बजेट नभएकाले फिल्म गुमाउनुपर्यो । कसैले मेरो बारेमा अरु हल्ला पनि फैलाए । त्यो फिल्ममा काम गर्ने सबै आक्रोशित थिए ।’

रवि किशनले आफ्नो शौखको बारेमा कुरा गरेको यो पहिलो पटक भने होइन । केही समयअघि उनले आपको अदालतमा भनेका थिए– ‘म दूधले नुहाएर गुलाबको फूलमा सुत्ने गर्थे । मलाई लाग्यो कि म एक अभिनेता हुँ र यो सबै महत्त्वपूर्ण छ । मलाई लाग्थ्यो दूधले नुहाउने हो भने दुधले नुहाउँछ भन्ने चर्चा हुन्छ ।’

अनुराग कश्यप र रवि किशनले फिल्म मुक्काबाजमा सँगै काम गरेका थिए । तर, अनुराग कश्यपको बयानका कारण दुवैबीच विवाद सुरु भयो ।