२० आश्विन २०८१, आईतवार
,
Latest
पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली प्रकोपका एक साता पछि नेपाल टेलिकमको सन्देश , न प्रकोपलाई न पर्वलाई प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहराइनका राजकुमार सहितको टोलीबाट लोबुचे हिमाल सफलतापूर्वक आरोहण



अ+ अ-

काठमाडौं ।  लबुचे र मनास्लु हिमाल आरोहण गर्न नेपाल आएका बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले शनिबार  लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।आरोहण टोलीले शनिबार बिहान ८ बजेर ५० मिनेटमा  ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गरेका सेभेन समिट ट्रेक्स प्रा.लि.ले जनाएको छ ।

दुईसाता अघि  २ महिनाको लागि नेपाल आएको  राजकुमार सहितको आरोहण टोलीलाई एक साताको   क्वारेन्टिन बसाई अवधि पुरा  गरेपछि आश्विन ६ गते  मंगलबार पर्यटन बिभागले आरोहण अनुमति दिएको हो ।

 यो आरोहण दलमा १८ सदस्य  रहेका छन् ।बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको नेतत्वको १८ सदस्यीयको हिमाल आरोहणको ब्यबस्थापन  सेभेन समिट ट्रेक्स प्रा.लि.ले मिलाएको हो ।