२० आश्विन २०८१, आईतवार
,
Latest
दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली प्रकोपका एक साता पछि नेपाल टेलिकमको सन्देश , न प्रकोपलाई न पर्वलाई प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘काठमाडौं नआउनुस्’



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा नआउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

आज शनिबार मात्रै देशभर २१२० जनामा कोरोना संक्रमण देखिएको छ भने त्यसमध्य उपत्यकाका मात्रै ११७७ जना रहेका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङमा बताए । उनले, ‘अहिले सकभर काठमाडौं उपत्यकामा नआउन हुन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र आउनुस् ’ भनेका थिए ।