२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीका तीन सल्लाहकारसहित बालुवाटारका ७६ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीका सल्लाहकार, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी चालकलगायत ७६ जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्रोतका अनुसार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कमरेड बिष्णु रिमाल,परराष्ट सल्लाहकार कमरेड राजन भट्टराई,प्रेस सल्लाहकार कमरेड सुर्य थापा र स्वकीय सचीव कमरेड इन्द्र भण्डारीसहित बालुवाटारमा कार्यरत ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमित रिमाल, भट्टराई, थापा र काफ्लेले सामाजिक सञ्जालमार्फत संक्रमण भएकोबारे जानकारी दिँदै आफूहरुको सम्पर्कमा आउनेहरुलाई सचेत हुन भनेका छन् । 

तर प्रधानमन्त्री ओलीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको बालुवाटार स्रोतको भनाइ छ ।