८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दक्षिण कोरिया विमान दुर्घटनाः चरा ठोक्किन सक्ने चेतावनी दिइएको थियो

दक्षिण कोरिया विमान दुर्घटनाः चरा ठोक्किन सक्ने चेतावनी दिइएको थियो
अ अ+ अ-

एजेन्सी । दक्षिण कोरियाको दक्षिणपश्चिमी प्रान्त मुआनमा दुर्घटनाग्रस्त जेजु एयरको यात्रुवाहक विमान दुर्घटना हुनुभन्दा छ मिनेटअघि विमानस्थलको कन्ट्रोल टावरले चरा ठोक्किन सक्ने चेतावनी दिएको थियो ।

सियोलबाट २८८ किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिण जिओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएर आइतबार बिहान दुर्घटना भएको थियोे ।

हवाई सुरक्षाको रेखदेख गर्ने भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको प्रेस ब्रिफिङ अनुसार कन्ट्रोल टावरले बिहान ८ः५७ बजे चेतावनी जारी गरेको हो ।

विमान चालकले चेतावनीपछि सङ्कटकालीन अवस्थाको घोषणा बिहान ८ः५९ मा गरेको मन्त्रालयले जनाएको छ । त्यसपछि चालकले बिहान ९ बजे अवतरणको प्रयास गरेपनि तीन मिनेटपछि बिहान ९ बजेर ३ मिनेटमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको थियो ।

“धावनमार्ग नम्बर १ मा अवतरण गर्ने क्रममा कन्ट्रोल टावरले चरा ठोक्किनसक्ने अवस्थाको ९बर्ड स्ट्राइक० को चेतावनी जारी गरेको थियो र त्यसको केही समयपछि चालकले आपतकालीन अवस्था ९मे डे० को घोषणा गरेका थिए,” मन्त्रालयले भनेको छ।

अधिकारीहरुका अनुसार कन्ट्रोल टावरले धावन मार्गमा विपरीत दिशामा अवतरणका लागि अनुमति दिएको थियो, त्यसपछि पाइलटले रनवेमा ठोक्किएर भित्तामा नठोक्किँदासम्म अवतरणलाई सुरक्षित गर्ने प्रयास गरेका थिए ।

मन्त्रालयले मुआन विमानस्थलको धावनमार्ग तुलनात्मक रुपमा छोटो भएका कारण दुर्घटना भएको भन्ने धारणालाई अस्वीकार गरेको छ ।

धावनमार्ग दुई हजार ८०० मिटर लामो भए पनि निर्माण कार्य जारी रहेकाले अहिले वास्तविक लम्बाइ करिब दुई हजार ५०० मिटर रहेको छ ।

“आज दुर्घटनाग्रस्त भएको बोइङ ७३७–८०० विमान एक हजा् ५०० मिटरदेखि एक हजार ६०० मिटर लामो धावनमार्गमा अवतरण गर्न सक्छ,” मन्त्रालयका एक अधिकारीले भने ।

उनले भने, “धावनमार्गको लम्बाइका कारण दुर्घटना भएको भन्न गाह्रो छ किनभने अन्य विमानहरू कुनै समस्या बिना अवतरण गरिरहेका छन्।”

कोरिया एयरपोर्ट कर्पोरेशन ९क्याक० को तथ्याङ्कअनुसार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१९ देखि यस वर्षको अगष्टसम्म १० वटा चरा ठोक्किएका घटना (बर्ड स्ट्राइक) भएका छन् ।

क्याकका अनुसार विमानस्थलहरूले चराहरूलाई टाढा राख्न ध्वनिक निवारक र अन्य उपायहरू प्रयोग गरेका छन्।

यातायात मन्त्रालयले आफ्नो ‘एभिएसन एन्ड रेलवे एक्सिडेन्ट इन्भेस्टिगेसन बोर्ड’का सदस्यहरूलाई आइतबार दिउँसो मुआन विमानस्थलमा पठाएको छ। उनीहरूले विमानबाट फ्लाइट डाटा रेकर्डर (ब्लाक बक्स) निकालेका छन् भने ककपिट भ्वाइस रेकर्डर सुरक्षित गरिरहेका छन् ।

दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन लामो समय लाग्ने अधिकारीहरूले बताएका छन् ।

विमानमा सवार १७५ यात्रु र चालक दलका छ सदस्यगरी १८१ जनामध्ये १७६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका थिए । चालक दलका दुई सदस्यलाई जीवितै उद्धार गरिएको छ ।

मुआन दुर्घटना दक्षिण कोरियामा अहिलेसम्मकै तेस्रो सबैभन्दा घातक हवाई दुर्घटना हो । सन् १९८३ मा सोभियत लडाकु विमानले रूसी आकाशमा उडेको कोरिययन एयरको विमान खसाल्दा विमानमा सवार सबै २६९ जनाको मृत्यु भएको थियो भने सन् १९९७ मा गुआममा कोरियन एयरको विमान दुर्घटना हुँदा २२५ जनाको मृत्यु भएको थियो ।