८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

फलफुलको खुद्रा मुल्य, व्यापारीको विवेकमा

फलफुलको खुद्रा मुल्य, व्यापारीको विवेकमा
अ+ अ-

काठमाडौं । काठमाडौंका फलफुल पसलमा अहिले भारतीय स्याउको मूल्य २०० देखि २५० रुपैयाँसम्म छ । यो स्याउ कुलेश्वर फलफुल बजारमा आउँदा १२० रुपैयाँमा आइपुग्छ । कुलेश्वरमा यही स्याउको मूल्य १८० देखि १९० रुपैयाँसम्म पनि पथ्र्यो । त्यतिबेला लगेको स्याउ बिक्री गर्दा खुद्रा व्यापारीले जुन मुल्यमा बेचेका थिए । अहिले भाउ घटेका बेला पनि उही मुल्यमा बेचिरहेका छन् । खुद्रा व्यापार गर्नेको खरिद मूल्य कसले सोध्ने? थाहै नपाइ उपभोक्ताले खुरुखुरु बढी मुल्य तिरिरहेका छन् । व्यापारीले जति भन्यो फलफुलको मुल्य उत्ति नै हो ।
 
बजारको स्टल ७ मा तिवारी फ्रुट सेन्टर छ । यस सेन्टरमा स्टल १५ को कृष फ्रुट सेन्टरबाट असोज १३ र १४ गते क्रमशः ८१ ह्जार ९०० र ८७ हजार ३६० रुपैयाँ मूल्यका फलफुल पठाइयो । यो विवरण उनीहरुले कागजको पानामा टिपे तर बिल बनाएनन् । 

बजारको नन्द फ्रुटले २०७४ सालमा आय कर ५ हजार बुझायो । कसैले माग्दा उनले अहिले देखाउने कागज त्यही हो ।

बजारमा मुल्य सूची अद्यावधिक छैन । खरिद बिक्री बिल जारी छैन । एकजनाका नाममा पसल दर्ता गरेर अरुले नै चलाइरहेका छन् ।  

त्यहाँ १६२ सटरमा व्यापार चलेको छ । तीमध्ये केही सटर कृषि सामाग्री व्यापार लिमिटेडका हुन् भने अन्य निजी क्षेत्रले निर्माण गरेका हुन् । निजी क्षेत्रबाट निर्माण भएका सटरको मासिक भाडा ५ हजारदेखि १५ हजार रुपैयाँसम्म र  कृषि सामाग्री व्यापार लिमिटेडका सटरको भाडा न्युनतम ४८ हजार देखि अधिकतम ६० हजार रुपैयाँसम्म छ । फलफुल व्यापारीको संघ, नेपाल फलफुल थोक व्यवसायी संघकाअनुसार त्यस क्षेत्रमा दैनिक करीब ५० लाख रुपैयाँ देखि ५ करोड रुपैयाँसम्मको व्यापार हुन्छ । 

महानगरको उपभोक्ता हित संरक्षण समितिले आइतबार कुलेश्वरमा रहेको फलफुल बजारमा अनुगमन गरेपछि देखिएको यो अवस्थापछि प्रतिक्रिया दिँदै कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारी भन्नुहुन्छ — फलफुलको मूल्य निर्धारण गर्ने आधार कागज देखिएन । दर्ता नविकरण, खरिदबिक्री बिल कसैले देखाउन सकेनन् । बिल माग्दा कसैले मेरो अडिटरसँग छ भने । कसैले घरमा छ भने । अवस्था सुधारका लागि हामीले समितिमार्फत अनुरोध गरेका छौं । 

गल्ती भएकै हो । यसलाई सुधार गर्ने प्रयास गर्छौ । अनुगमनपछिको प्रतिक्रियामा नेपाल फलफुल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँ भन्दैहुनुहुन्थ्यो — मुलदेखि सुधारको प्रयास गरौं । हामी सुधारिन्छौं । यो मुल भनेको के हो? त्यो चाहिँ उनले खुलाएनन् । 

फलफुलको थोक र खुद्रा पसलमा कति मूल्य फरक छ? छुट््याउने आधार भएन । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्नुहुन्छ — व्यापारीले जति भन्यो उति मूल्य तिर्नुबाहेक उपभोक्तासँग बिकल्प छैन । यहाँ ठूलो ठगी भइरहेको छ ।