२२ मंसिर २०८२, सोमबार
,
Latest
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वन्यायाधीश वस्तीको निधन



अ+ अ-

काठमाडौँ: सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको ७१ वर्षको उमेरमा निधन भएको छ । पूर्वन्यायाधीश वस्तीका साइलो भाई अधिवक्ता गजेन्द्र वस्तीकाअनुसार उहाँको हृदयघातका कारण शुक्रबार बेलुका ६ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

वस्तीका छोरा डा प्रणव वस्ती अमेरिकामा रहनुभएको र भोलि बिहानसम्म आइसकेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारको तयारी छ । वस्तीको शव अस्पतालमै राखिएको छ । उहाँका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

पूर्वन्यायाधीश वस्तीले करिब छ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम गर्नुभएको थियो । उहाँले २०६५ साल भदौ २२ गते नियुक्त भएर पदावधि नथपिएपछि २०७० चैत २९ मा अवकाश हुनुभएको थियोे ।

सर्वोच्च अदालतबाट अवकाश भएपछि उहाँ छवर्ष मानवअधिकार आयोगको सदस्य भएर काम गर्नुभयो । अवकाश जीवन बिताइरहनुभएका वस्ती न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा संलग्न हुनुहुन्थ्यो ।

गोरखा खोपलाङमा विसं २०१० असार ८ गते जन्मिनुभएका वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गर्नुभएको थियो । विस २०६५ सालमा वरिष्ठ अधिवक्ता हुनुभएका उहाँको भ्रष्टाचार नियन्त्रण, देवानी कानुन एवं कानुनी प्रणालीको विकासक्रमका विषयमा रुचि थियोे । उहाँले लेखेका धेरै पुस्तक बजारमा छन् ।रासस