८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

कोरोना कहर : बजार नपाएपछि बाख्रालाइ तेजपत्ता

कोरोना कहर : बजार नपाएपछि बाख्रालाइ तेजपत्ता
अ+ अ-

झापा । विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा परेका छन् ।

मेचीनगर नगरपालिकाको वडा नं। १,२,३,४ र ५ मा फैलिएको साविक बाहुनडाँगी गाविसमा करिब एक हजार किसानले आफ्नो खेतबारीमा तेजपत्ताको बोट हुर्काएका छन् । विगतमा भारतीय बजारमा लैजाने विचौलिया व्यापारी तेजपत्ता किन्न गाउँगाउँ डुल्थे । यसपाली कोरोनाको डरले बाहिरबाट व्यापारी आएका छैनन् ।

चिया, मसला र औषधीको रुपमा प्रयोग हुँदै आएको तेजपत्ताको बोट हुर्किएको तेस्रो वर्षदेखि हरेक वर्ष तीनपटक यसको पात टिपेर उत्पादन गरिन्छ । सुगन्धित र स्वादिष्ट हुने भएकोले खानेकुरामा पकाएर समेत यसको उपभोग हुने गरेको छ ।

मेचीनगर–४ आमडाँगीमा १५ विगाहा निजी जग्गामा चियाखेती गर्दै आउनुभएका व्यावसायिक किसान रबि नेपालले चियाको बोटलाई छायाँ दिन पाँच हजारभन्दा बढी तेजपत्ताको बोट हुर्काउनु भएको छ ।

बाहुनडाँगीमा एक सयदेखि १० हजार बोटसम्म तेजपत्ता हुर्काएका किसानको सङ्ख्या एक हजारसम्म हुनसक्ने उहाँ बताउनुहुन्छ । तर कति किसानले यसको खेती गरेका छन् र यसबाट के कस्तो लाभ भइरहेको छ भन्ने बारेमा अहिलेसम्म सरकारी तहबाट खोज भएको छैन ।

बजार नपाएपछि बाख्रालाई घाँस

बाहुनडाँगीमा मात्र ५० देखि ६० करोड रुपैयाँ मूल्य बराबरको तेजपत्ता वर्षेनी उत्पादन हुने देखिन्छ । बजारिकरण हुन नसकेर तेजपत्ता बोटमै खेर गइरहेको र कतिपयले बाख्रालाई घाँस खुवाउने गरेको पाइएको छ । विसं २०६७ देखि तेजपत्ता खेतीमा लागेका नेपाल बन्धु कृषि फर्मका सञ्चालक रबि नेपाल आफुले अलिकति भए पनि प्रशोधन र ब्रान्डिङ गरेर प्रदेश नं. १ को अधिकांश बजारमा तेजपत्ताको विक्री गर्दै आएको बताउनुहुन्छ ।   

‘‘मैले घरेलु प्याकेजिङ उद्योग चलाएर बेच्दै आएको छु,’’ उहाँ भन्नुहुन्छ–‘‘अधिकांश किसानले त्यसो गर्न सक्नुहुन्न, उहाँहरुको तेजपत्ता नबिकेर बाख्रालाई घाँसको रुपमा खुवाइरहनु परेको दुःखलाग्दो अवस्था छ ।’’ दशैँ, तिहार जस्ता चाडबाडका बेला विगतमा तेजपत्ताको माग ह्वात्तै बढ्थ्यो । यसपाली कोभिड–१९ को महामारीका कारण बजार सुस्ताएको हुँदा विगतको जस्तो भारतीय बिचौलियाहरु काँचो तेजपत्ता किन्न घरघरै नआएको स्थानीय किसानहरु बताउँछन् ।

किन्ने भारतीय व्यापारी नआएपछि हुर्किएको तेजपत्ता कि बोटमै खेर जान्छ, कि त बाख्रालाई घाँसको रुपमा खुवाउन बाध्य छन् किसान । 

अन्तर्राष्ट्रिय बजारको खोजी

तेजपत्ताको माग अन्तर्राष्ट्रिय बजारमा राम्रो रहेको हुँदा यसको बजार विदेशमा समेत खोज्न सकिने नेपाल उद्योग वाणिज्य महासङ्घको प्रदेश नं। १ का अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो ।

‘‘झापा, उदयपुरलगायत प्रदेश नंं. १ मा ठूलो मात्रामा उत्पादन भइरहेको तेजपत्ताका बारेमा हाम्रो चासो छ,’’ उहाँले भन्नुभयो–‘‘तर विदेशमा पठाउनु अघि कति मात्रामा, कहाँ कहाँ, कस्तो गुणस्तरको उत्पादन भइरहेको छ भनेर अध्ययनको जरुरी हुन्छ । हामी लगत सङ्कलनको तयारीमा छौँ ।’’

बङ्गलादेश लगायतका तेस्रो मुलुकमा नेपाली कृषि र जडिबुटीजन्य उत्पादनको निर्यात सम्भावना भए पनि नेपालले नै माग बमोजिमका बस्तु लैैजान नसकेको उहाँको भनाई छ । बङ्गलादेशमा नेपाली अदुवाको माग धेरै भएको तर निर्यातमा कठिनाई भइरहेको उहाँले स्मरण गराउनुभयो ।

तेजपत्ता अहिले पनि भारतबाट आयात भइरहेको पाइएको हुँदा नेपाली उत्पादनलाई स्वदेशी बजारमै बिक्री हुने वातावरण तयार पार्ने विषयमा प्राथमिकता दिइनु पर्ने महासङ्घका प्रदेश अध्यक्ष खड्काले जोड दिनुभयो ।

तेजपत्ता उत्पादक रबि नेपालले बङ्गलादेशस्थित नेपाली राजदूतावासमार्फत त्यहाँका व्यवसायीहरुसँग तेजपत्ताको निर्यातका बिषयमा कुराकानी अघि बढिरहेको जानकारी दिनुभयो । ‘‘बङ्गलादेशका व्यवसायीहरुले बाहुनडाँगीको तेजपत्ताको नमूना मागेका थिए,’’ निर्यातको सम्भावनाबाट उत्साहित भएको जनाउँदै उहाँले भन्नुभयो–‘‘उताबाट नमूना स्वीकृत भइसकेको छ, अब सामान पठाउने प्रक्रियाका सम्बन्धमा काम अघि बढाउँदैछौँ ।’’

दुबई, कोलकाता, दिल्ली र हैदराबादबाटसमेत यसको नमूना मागिएको उहाँले बताउनुभयो । तेजपत्तालाई कृषि बस्तुको साटो बन पैदावारको रुपमा राज्यले सूचीकृत गरेको हुँदा विदेश निर्यातमा बन कार्यालयको स्वीकृति आवश्यक परेको उहाँले सुनाउनुभयो ।

जिल्ला बन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले व्यवसायीहरुले आफ्नो पालिकाको वडा कार्यालयबाट सिफारिस लिएर आएमा निर्यातको स्वीकृति दिइने बताउनुभयो । मेचीनगरबाट केही व्यवसायीहरु तेजपत्ताको निर्यात अनुमतिका लागि आउनुभएको घिमिरेले जानकारी दिनुभयो ।

हात्ती आतङ्कले तेजपत्तको खेती शुरु 

हात्ती आतङ्क उग्र बन्दै गएपछि बाहुनडाँगीमा हात्तीले नखाने र किसानलाई फाइदा हुने वैकल्पिक खेतीको रुपमा तेजपत्ता र चिया खेती विस्तार भएको स्थानीय सामाजिक अभियन्ता गोविन्द न्यौपानेले बताउनुभयो ।

अलिअलि गर्दै अहिले ठूलो मात्रामा खेती विस्तार भइसकेको हुँदा सरकारले किसानले उत्पादन गरेको तेजपत्ताको बजारिकरणमा सघाउनु पर्ने उहाँको धारणा छ । किसानले लगाएको धान, मकै, सुपारीलगायतका नगदे बाली भारततर्फबाट आउने हात्तीले सखाप पार्न थालेपछि उनीहरुले विकल्पको रुपमा तेजपत्ताको खेती गर्दै आएका हुन् ।

हात्तीले खेतीबाली नष्ट गर्न थालेपछि चिया र तेजपत्ता खेती गर्न विज्ञहरुले सुझाउन थाले । किसानहरुले धमाधम धान खेत मासेर कसैले चिया र धेरैले तेजपत्ता खेती शुरु गरेका थिए । अहिले तिनै तेजपत्ताको बोट हुर्किएपछि उत्पादन बढेको छ । तर बजारको खोजीतर्फ कसैको ध्यान गएन ।

शुरुका केही वर्ष उत्पादन थोरै थियो र भारतबाट आउने विचौलिया व्यापारीले सबै किनेर लैजान्थे । भारत लगेर उतैको ब्रान्डमा नेपाली तेजपत्ता बजारमा विक्री हुन्थ्यो । रहरले नभएर बाध्यताले शुरु भएको खेती हुनाले यसको बजार प्रवद्र्धनका बारेमा ध्यान पुग्न नसकेको हो । अब करोडको मूल्यमा विक्री हुनसक्ने तेजपत्ता खेर जान नदिन सरकारको समेत ध्यानाकर्षण जरुरी भइसकेको अभियन्ता न्यौपानेले बताउनुभयो ।

बल्ल एउटा प्याकेजिङ उद्योग

तेजपत्ताको उत्पादन शुरु भएको एक दशक बितिसक्दा यसको प्याकेजिङ गर्ने बल्ल एउटा उद्योग खुलेको छ । चिया, सुपारीलगायतका नगदे बालीको व्यावसायिक खेती गर्दै आएका रवि नेपालले नै तेजपत्ताको प्याकेजिङ गर्ने नेपाल बन्धु कृषि फर्म सञ्चालन गर्नुभएको हो ।

घरमै सञ्चालित उहाँको प्याकेजिङ उद्योगमा स्थानीय १५ जना महिलाले रोजगारी पाएका छन् । उद्योगमा मरिच, कागती र तेजपत्ताको प्याकेजिङ हुँदै आएको छ । दशैँको समयमा पाँच हजार केजी तेजपत्ता प्याकेजिङ गरिसक्ने उहाँको योजना छ । छरछिमेकीले उत्पादन गरेको तेजपत्ता समेत किनेर उहाँले प्याकेजिङ गर्नुभएको छ । निकट भविष्यमा तेजपत्ता, बेसार, मरिच, अदुवालगायतका उत्पादन पिसेर धुलो उत्पादन गर्न मिल स्थापना गर्ने उहाँले बताउनुभयो ।

तेजपत्ता, मरिच जस्ता स्थानीय उत्पादनको प्रवद्र्धन र बजारिकरणमा सरकारको कुनै पनि निकायबाट अनुदान र प्रोत्साहन नपाइएको किसानहरुको गुनासो छ । 

मानव स्वास्थ्यमा तेजपत्ताको गुण   

समुद्र सतहबाट १०० देखि २ हजार ५०० मिटरसम्मको उचाईमा फस्टाउने तेजपत्ताको वैज्ञानिक नाम ‘सिन्नामोमम तामला’ हो । यसको सदावहार झुप्प पात हालेको रुख हुन्छ । झापाको बाहुनडाँगी भूबनोटका हिसाबले तेजपत्ता खेतीका लागि अनुकूल भएको बताइएको छ ।

भिटामिन ए र सीका साथै फोलिक एसिड नामक तत्व पाइने तेजपत्तालाई औषधीय गुणयुक्त मानिएको छ । क्यान्सर, मधुमेह र पेटसम्बन्धी समस्यामा यसको उपभोग फाइदाजनक हुने अनुसन्धानबाट देखिएको छ ।

सन् २०१६ मा जर्नल अफ बायोकेमिकल न्यूट्रिसनमा प्रकाशित रिसर्च रिपोर्टका अनुसार मधुमेहबाट पीडितले तेजपत्ता खाँदा उपयोगी हुन्छ । यसको सेवनले बोसोजन्य पदार्थबाट उत्पन्न समस्यामा फाइदा हुने र रगतमा ग्लूकोजको मात्रा सामान्य हुने शोधमा उल्लेख छ ।

कपर, पोटासियम, क्याल्सियम र आयरनजस्ता मानव स्वास्थ्यका लागि अति आवश्यक पोषक तत्व तेजपत्तामा पाइन्छ । कब्जियत र एसिडिटीको समस्यामा तेजपत्ताले औषधीकै काम गर्छ । रासस