२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा उत्पादित सामग्री किनौँ, प्रोत्साहन गरौँः उपपप्रमुख डंगोल



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले नेपाली उत्पादनलाई बजारीकरण गर्न जरुरी रहेको बताउनुभएको हो । उहाँले कोटेश्वर महोत्सवको एउटै उद्देश्य यहाँको बजारलाई अझ प्रवद्र्धन गर्नु रहेको बताउनु भयो । उहाँले नेपालमा उत्पादन भएका सामग्रीलाई बजार बिस्तार गर्नका लागि महोत्सव महत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महोत्सवको एउटै उद्देश्य छ, त्यो भनेको यहाँको बजारलाई अझ प्रवद्र्धन गर्नु रहेको छ । सँगै नेपालमा उत्पादन भएका सामग्रीलाई बजार बिस्तार गर्नका लागि पनि यो महोत्सव एकदमै महत्वपूर्ण छ । त्यसकारण पनि आजको यो महोत्सवमा धेरै भन्दा धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बजारसम्म जोड्न ठाउँ पाओस् । कुनै न कुनै हदमा यो व्यवसाय संघले आफ्नो व्यवसाय फस्टाउन महोत्सव गरिएको छ । त्यो विस्तृत रुपमा अघि बढोस् । नेपाली सामग्रीहरु, नेपालमै उत्पादन भएका सामग्रीहरु किनौँ, प्रोत्साहन गरौँ ।’

उहाँले महोत्सवमा धेरै भन्दा धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बजारसम्म जोड्न पाउने बताउनु भयो । उहाँले नेपालमै उत्पादित सामग्रीहरु किन्न र प्रयोग गर्न आग्रह गर्नुभयो ।