८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

डा. केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित

डा. केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित
अ+ अ-

काठमाडौं । २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन । 

चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बस्नुभएका केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरुले टिचिङ अस्पताल परिसरमा धर्ना दिएका हुन् । जुम्लाबाट १९ औं अनसन सुरु गर्नुभएका केसीको अनसनको २१ औं दिनमा स्वास्थ्यमा समस्या समेत देखिन थालेको छ । आन्दोलित चिकित्सकहरुले विगतमा भएका सम्झौता कार्यान्वयन गर्दै केसीको जीवन रक्षाको माग गरेका हुन । धर्नामा सहभागि चिकित्सक डा. सुवास देवकोटाले केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिँदा समेत सरकारले चासो नदिएको बताउनुभयो । स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने समस्याबाट पीडित केसीलाई आजबाट अक्सिजन समेत दिन थालिएको उहाँले बताउनुभयो । तत्काल डा. केसीले उठाएका माग पुरा नभए कडा कदम चाल्ने चेतावनी पनि उहाँले दिनुभयो ।

अर्का चिकित्सक डा. अच्युत खनालले १८ पटकसम्मको अनसनका क्रममा वार्ताको माध्यमबाट भएका सम्झौताहरु कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो । दुर्गम क्षेत्रमा सुलभ स्वास्थ्य सुविधा उपलब्ध गराउनुपर्ने केसीको मागमा अहिलेसम्म जनता र विभिन्न राजनीतिक दलहरुले स्वस्फुर्त रुपमा ऐक्यवद्धता जनाउँदै आएकोमा सरकारले नसुनेकाले अब चिकित्सकहरु समेत खवरदारीका लागि आन्दोलित हुनुपरेको उहाँले बताउनुभयो ।

नेपाल चिकित्सक संघले पनि केसीको माग पुरा गर्न माग गर्दै चिकित्सकहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । संघले तत्काल केसीका माग पुरा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । संघका महासचिव बद्री रिजालले सक्दो जाँडो डा. केसीसँग सरकारले वार्ता गर्नुपर्ने बताउनुभयो । वार्ताका लागि कुनै पहल नभए संघले आफ्नो आन्दोलनका कार्यक्रम घोषणा गर्ने उहाँले बताउनुभयो ।

आन्दोलनमा सहभागि चिकित्सकहरुले ‘कर्णाली विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु गर’, ‘हिजोको सम्झौता कता गयो ?’, ‘जनता माग्छ अस्पताल सरकार दिन्छ भ्यूटावर’, ‘अख्तियार माथिको हस्तक्षेप बन्द गर, दलिय भागवण्डा बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।